खेतिपातीसँगै फिल्ममा बिनिता

4:34 AM | 0 comments








झन्डै एक बर्ष फिल्म क्षेत्रबाट टाढा रहेर खेतिपातिमा लागेकी अभिनेत्री बिनिता बराल अभिनयमा फर्किएकी छिन् । 'चपली हाइट'की चपली गर्ल बिनिता अहिले 'उमंग' नामक फिल्मको सुटिङमा व्यस्त छिन् ।



शिव शर्माको निर्देशन र कुमार विकेको निर्माणमा भाद्र १ गतेबाट सुटिङ शुरू गरिएको यो फिल्ममा बिनिता र निर्माता कुमारको मुख्य भूमिका रहेको छ । धार्मिक द्धन्दको कथा उठाईएको 'उमंग'को काठमाण्डौ, बाग्लुङ र दुबइमा छायाँकन हुने बताईएको छ ।




फिल्म छाडेर एक बर्ष जसो कृषि पेशामा लागेकी बिनिताले अब भने सकृय रूपमा फिल्ममा लाग्ने बताईन् । 'एक बर्ष फिल्म खेल्दिन भनेकी थिएँ । अब भने फिल्ममा निरन्तर लाग्छु,' बिनिताले भनिन, 'अभिनेत्रीको ट्याग यत्तिकै हराउन दिन भएन नि ।' उनले कृषि पेशालाई पनि अगाडि बढाईरहने समेत बताईन् ।

Category: , , , ,

0 comments