मोदी र कमल थापाबीच भेटवार्ता हुँदै

12:50 AM | 0 comments

फाइल फोटो
काठमाडौं, साउन १९– राप्रपा नेपालका अध्यक्ष कमल थापा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज अपरान्ह भेटवार्ता हुँदै छ ।
राजधानीको होटल हायातमा अपरान्ह ४ बजे हुने भेटवार्तामा समयामयिक राजनीतिक अवस्था, दुई पक्षीय हित, आपसी सम्बन्ध , रापप्रा नेपालले उठाउँदै आएको राजतन्त्रसहितको सतातन हिन्दु राष्ट्रलगायतका विषयमा छलफल हुने राप्रपा नेपाल प्रचार विभागका सचिव बासु दाहालले रातोपाटीलाई जानकारी दिए । उनले मुल रुपमा पार्टीले निरन्तर उठाउँदै आएको सनातन हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रका विषयमा छलफल केन्द्रीत हुने उनले बताए ।
kamal_thapa_modi
हिन्दु धर्मका पक्षपाति  भारतीय प्रधानमन्त्री मोदी र थापाबीचको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
मोदी हिन्दुवादी नेताका रुपमा चिनिएपनि  हिजो संसदमा संवोधन गर्ने क्रममा हिन्दु धर्मबारे एक शब्दपनि उच्चारण गरेका थिएनन् । बरु उनले संघीय गणतन्त्रमा प्रवेश गरेकोमा एकदमै सही भएको बताएका थिए । मोदीको संसदको विषयलाई लिएर थापाले औपचारिक रुपमै असन्तुष्टि जनाएका थिए । थापाले भनेका थिए–भारतीय प्रधानमन्त्रीले गणतन्त्र र संघीयताको पक्षमा नबोलेको भय सुनमा सुगन्ध हुन्थ्यो । तर, नेपाललको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैर्नौ भन्नु स्वागतयोग्य हो
यसैबीच मोदीसँग थापाको भेटघाटको कार्यक्रम पूर्वनिर्धारित नै भएको राप्रपा नेपालले जनाएको छ । विभिन्न सञ्चारमाध्यमहरुमा मोदी र थापाबीच भेटघाटको कार्यक्रम नभएको भन्ने खालका समाचारहरु सम्प्रेषण भएपनि राप्रपा नेपालले कार्यक्रम पूर्व निर्धारित भएको स्पष्ट पारेको हो । पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले भेटवार्ता तालिका पूर्व निर्धारित भएपनि आफूहरुले यसलाई सार्वजनिक नगरेको दाबी गरे । ‘भेटवार्ताको तालिका रातारात तय गरिएको होइन, पहिलेकै तालिकाअनुसार भेटवार्ता हुन लागेको हो, खाली हामीले यसलाई सार्वजनिक गरेका थिएनौं’ श्रेष्ठले भने ।
- See more at: http://www.ratopati.com

Category: ,

0 comments