४० बर्षको आफ्नै मामाले १५ बर्षको भान्जीलाई जबरजस्ती गरेको रंगिहात पक्राउ

4:29 PM | 0 comments

पोखरा, साउन १५ – आफ्नै भान्जीलाई जबरजस्ती गर्न खोज्ने कास्कीको घाचोकका एक व्यक्ति पक्राउ परेका छन् ।


१५ वर्षीय भान्जी नाता पर्ने किशोरीलाई जबरजस्ती गर्न खोजेको अभियोगमा घाचोकका ४० वर्षका एक पुरुषलाई प्रहरीले जनाएको छ । (नाम गोप्य राखिएको छ)

पोखरा उप महानगरपालिका ६ ती बस्ने किशोरीलाई उनले बुधबार राति जबरजस्तीको प्रयास गरेको प्रहरीले जनाएको छ । राति सुतिरहेको अवस्थामा मुख थुनेर जबरजस्तीको प्रयास गरेपछि, पीडित किशोरीले प्रतिकार गरी हो हल्ला गरेकी थिइन् ।

प्रतिकारको क्रममा किशोरीले मामा पर्ने ती व्यक्तिको हातमा टोकिदिएपछि उनी भागेका थिए । जबरजस्तीको प्रयास असफल भएपछि भागेका उनलाई कास्कीको हेम्जाबाट पक्राउ गरी जबरजस्ती करणी मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिनुभयो ।

Category: , ,

0 comments