मङ्सिर ८ मा मोदी फेरी नेपाल आउदै

10:13 PM | 0 comments

नरेन्द्र मोदी
काठमाडौं, २५ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः नेपाल आउने भएका छन् । दुई दिने नेपाल भ्रमण सिध्याएर फर्केको केही महिनाभित्रै उनी फेरि नेपाल आउने भएका हुन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औं शिखर सम्मेलनमा भाग लिन मोदी मंसीर ८ गते नेपाल आउने भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । भारतीय प्रधानमन्त्रीका स्वकीय सचिव ओपी सिंहले मंसीर ८ गते मोदी नेपाल आउने पक्का भएको पुष्टि गरे ।
नेपालको व्यवस्थापिका संसद्लाई सम्बोधन गर्ने क्रममा भारतबाट १७ वर्षसम्म नेपालमा प्रधानमन्त्रीस्तरीय भ्रमण नहुनु दुःखद् रहेको उल्लेख गर्दै उनले केही महिनापछि आफू पुनः नेपाल आउने उल्लेख गरेका थिए । मोदीका स्वकीय सचिव सिंहले पुलेसोसँगको कुराकानीमा मंसीरमा हुने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीले सिताको जन्मथलो जनकपुरमा रहेको प्रसिद्ध जानकी मन्दिर र गौतम बुद्धको जन्मस्थान लुम्बिनीको विषेश भ्रमण गर्ने जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले नेपालबाट फर्केपछि नेपाल र नेपालीको निक्कै तारिफ गर्नुभयो, अहिले पनि नेपालको प्रसंग झिकेर तारिफ गरिरहनुहुन्छ,’ मोदीले भने ।
यसपालीको सार्क शिखर सम्मेलन मंसीर १० र ११ गते  काठमाडौंमा हुँदैछ । शिखर सम्मेलनमा सदस्य मुलुकका राष्ट्राध्यक्ष वा सरकारप्रमुखले आ–आफ्ना मुलुकका प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् भने विदेशमन्त्रीहरूले मन्त्रीपरिषद् बैठकमा आ–आफ्नो देशको नेतृत्व गर्नेछन्  ।
त्यसै गरी, स्थायी समितिको बैठकमा सदस्य राष्ट्रका परराष्ट्र सचिवहरू र कार्यक्रम समितिको बैठकमा परराष्ट्र मन्त्राल्यका सहसचिवहरूले नेतृत्व गर्नेछन् 

Category: ,

0 comments