हिन्दु धर्म अनुसार मृत्युका संकेतहरु

1:26 AM | 0 comments








मृत्युको बिचार सबैका लागि निकै भयानक हुने गर्दछ । मानिसहरुको अन्तिम यथार्थ भनेको मृत्यु नै हो । जो जन्मन्छ उसको मृत्यु निश्चित छ । मृत्युको बारेमा सबैभन्दा तनावपूर्ण कुरा भनेको मृत्यु पछि के हुन्छ भन्ने विषय हो । यहि कारणहरुले गर्दा मानिसहरु मृत्युदेखि निकै डराउने गर्दछन् । तर यसो भन्दैमा मृत्युमाथि विजय पाउन सकिँदैन ।




मृत्यु कसैलाई पनि खबर नगरी आउँछ र जब तपाईंको मृत्यु हुन्छ, तपाईंलाई यसको बारेमा थाहा नै हुँदैन । तर हिन्दु धर्मग्रन्थहरुमा यस्ता थुप्रै संकेतहरुलाई सूचिबद्ध गरिएका छन् जसबाट मृत्युले ढोका ढक्ढकाइरहेको बारेमा थाहा हुन्छ ।




मृत्युको संकेतहरुको प्रथम उल्लेख शिव पुरााणमा पाइन्छ । शिव पुराणका अनुसार एकपटक देवी पार्वतीले भगवान शिवसँग कसैको मृत्यु हुँदै छ भन्ने कुरा कसरी थाहा पाउन सकिन्छ भनेर प्रश्न गरिन् । उनको प्रश्नको उत्तर दिँदै भगवान शिवले मृत्युका १० संकेतहरुको बारेमा बताएका छन् ।

मृत्युको संकेत नम्बर १ जब छालाको रङ पहेँलो अथाव सेतो हुन्छ जसमा हल्का रातो रङ देखिन्छ भने उक्त व्यक्तिको मृत्यु अघिल्लो ६ महिनामा हुनेछ ।
मृत्युको संकेत नम्बर २ जब व्यक्तिले आफ्नो प्रतिबिम्ब ऐना अथाव पानीमा देख्न छाड्छ उक्त व्यक्तिको मृत्यु ६ महिनाभित्र हुने बताइएको छ ।
मृत्युको संकेत नम्बर ३ जब कुनै व्यक्तिले सबै कुरा कालो देख्न थाल्छ यो संकेतलाई व्यक्तिको मृत्यु नजिक भइरहेको भन्ने बुझ्नुपर्छ ।
मृत्युको संकेत नम्बर ४ यदि व्यक्तिको बाँया हात एक हप्तासम्म लगातार फर्फराइरहेको छ भने यसको अर्थ उक्त व्यक्ति एक महिनाको पाहुना भन्ने बुझिन्छ ।
मृत्युको संकेत नम्बर ५ यदि कोही व्यक्तिको संवेदनशील अंग ढुङ्गाजस्ता कठोर हुने गरेको छ भने उक्त व्यक्ति ६ महिनाभित्र मर्दैछ भन्ने संकेत हो ।
मृत्युको संकेत नम्बर ६ जब कोही व्यक्तिले चन्द्र, सूर्य र आगोबाट निस्कने प्रकाश देख्न छाड्छ भने उसको मृत्यु निकट छ ।
मृत्युको संकेत नम्बर ७ यदि कुनै व्यक्तिको जिब्रो अचानक सुन्निन थाल्यो भने पनि त्यस्ता व्यक्तिहरु केहि दिनका लागि मात्र जीवित हुने बताइएको छ ।
मृत्युको संकेत नम्बर ८ यदि मानिसले आकाशमा ध्रुव तारा देख्न छाडेमा यसको अर्थ उक्त व्यक्तिको मृत्यु अघिल्लो ६ महिनामा हुने बताइएको छ ।
मृत्युको संकेत नम्बर ९ जब कुनै व्यक्तिले सूर्य, चन्द्र र आकाशलाई रातो देख्न थाल्छ भने उक्त व्यक्तिको मृत्यु चाँडै नै हुने बताइएको छ ।
मृत्युको संकेत नम्बर १० जब कसैले सपनामा उल्लु अथवा खाली वा नष्ट भएको गाउँ देख्छ भने उसको मृत्यु निकट छ भन्ने बुझ्नुपर्छ ।


Category: ,

0 comments