क्रिस्टीयानो रोनाल्डोको नग्न तस्विर सार्वजनिक
६ जेठ, काठमाडौं (एजेन्सी) । फुटबल क्रिष्टियानो रोनाल्डो र उनी मोडल प्रेमिका इरिका सायकको अनौठो फोटोसुट बाहिर आएको छ ।
विश्वका सुन्दर जोडीहरुमा गनिने यी जोडीको तस्विर स्पेनको एउटा पत्रिकाको कभर पेजको लागि सुट गरिएको हो ।
प्रख्यात फोटोग्राफर मारियो तेस्तिनोले गरेको यो फोटोसुटलाई लभ एण्ड फुटबलको थिम दिइएको छ ।
फोटोसुट गर्दा रोनाल्डोको शरिरमा कुनै पनि वस्त्र छैनन् भने उनकी प्रेमिकाले फेसनेबल लुगा लगाएकी छिन् । २९ वर्षीया फुटबलर क्रिष्टियानो र २८ वर्षिया प्रेमिका इरिका सायकको प्रेमसम्वन्ध लामो समयदेखि चलिरहेको छ ।
विभिन्न फोटोसुटका कारणले चर्चामा आइरहने यी जोडीले जुन महिनाको लागि स्पेनबाट प्रकाशित हुने 'स्पेनिस भोग' पत्रिकाको कभरपेजका लागि उक्त फोटोसुट गरेको समाचारमा बताइएको छ
Category: entertainment, FEATURE, life style, sports, VIDEOS
0 comments