स्वास्थ जीवनका लागि आराम जरुरी

3:49 AM | 0 comments



   
स्वास्थ्यका दृष्टिले श्रम जति जरुरी छ आराम पनि त्यत्तिकै आवश्यक छ। त्यसै हुनाले प्रकृतिले दिन र रातको व्यवस्था गरेकी छन्। दिनको उज्यालोमा खुब काम गर्नोस् र रातिको अँध्यारोमा निश्‍चिन्त भएर सुत्‍नुहोस्। निद्रा नलाग्नु पनि खराब स्वास्थ्यको लक्षण हो। राम्रो परिश्रमपछि शरीरले आफैं आराम खोज्छ। आजको आधुनिक युगमा मानिसलाई सधैं काम र चिन्तामा चुर्लुम्म डुबाएर राखेको हुनाले आरामलाई हराम बनाएको हुन्छ। आजको वैज्ञानिक युगमा मोटर, हवाईजहाज, रकेट आदिलाई हेर्दा बडो आरामदायी देखिन्छ। तर, मानव जहिले पनि कामको चिन्तामा डुबेको डुब्यै रहन्छ। शरीरले मेहनतको काम नगरे पनि मस्तिष्कले खराब चिन्ता गरिरहनु परेको अवस्था छ। .............चिन्तापनिकिननलिनु, वैज्ञानिक विकासले एउटा समस्यासमाधान हुन्छ फेरी तुरुन्तै अर्को झन् नयाँदु:खदायी समस्या देखा पर्दछ। समाजमा बढ्दो मंहगी, नयाँकामको अवसरको कमी, नैराश्यताको कारण रहन सहनखानपानले गर्दा रोग र व्याधाले सताईराखेको हुन्छ। आत्मसम्मानखोज्नेले बेइज्जतहुनु परेको छ।

 यस्तो परिस्थितिमा आरामभन्‍ने बस्तु खोजेर नपाउने आजको अवस्थामाअमूल्यचीजभएको छ। शारीरिक मिहिनेतले हाम्रो शरीरकाकोषहरु नास गर्छ भने आरामले तिविग्रेकाकोषहरुलाई जोड्ने काम गर्छ। त्यसैले शरीरको शक्तिलाई बचाएर कामनगरेमा, मर्मत नगरेमा शरीर कमजोर हुने संभावना रहन्छ। शरीरमा रोगको प्रतिरोध गर्न शत्रु र मित्रपक्षविद्यमान रहन्छन्। यदिहामीले हाम्रो शत्रु किटाणुलाई मार्ने प्रयाशगर्‍यौँ। भने उनीहरुपनिआफ्नो वंश रक्षागर्नको लागिझनचलाखभएर आफू बच्ने बाँच्ने उपायगर्दछ। हामीले औषधीको रुपमाप्रयोग गरेका बमहतियार हामी नै प्रयोग गर्ने ठाउँमा उनीहरु सक्रिय हुन्छन्। यसको प्रत्यक्ष प्रमाण हामीले एण्टिबायोटिक औषधीको प्रयोग द्वारा आफ्नो शरीर भित्र रहेका जिवाणुहरु पनिनाशगरेर शरीरको रोगप्रतिरोधात्मकशक्तिकम गरेको नै हो। बास्तबमाश्रम पछिको आरामलाई हामीले आराम सम्झनहुन्न यो त भविष्यमाकामगर्ने शक्ति बढाउने लगानीहो।

 ट्रिटिज अफ नेचुरल थेराप्रयाक्टीसमा डा. अटो जुट्नर एन.डि.पि.ले लेखेका छन् बौद्धिक कामगर्ने मान्छे शारीरिक कामगर्ने भन्दा १५-२० वष वढी बाँच्छन्। विश्रामितहुन सक्नु एउटा कलाअझभनौ जीवनजिउने कलाहो। रातदिनकाममालागेर आरामगर्ननसक्नु राम्रो होइन।

 कामलाई नविगारेर कामको विचमा नै आराम पनि गर्न सकिन्छ । ठिक ठिक समयमा विश्राम गर्न सकेमा बढी कामगर्न सकिन्छ। समाजमाहामीले सँधै काममालादिएकामानिस सदा भोकेा पेट देख्छौँ भने त्यही समाजमाप्रत्येक काम सजिलै संग भ्याएकाकहिल्यै नथाक्ने र हँसिलामानिसहरु पनिहाम्रो समाजमाकमी छैनन् । आराम शरीरले मात्रै होइनमनले पनिआरामगर्न सक्नु पर्छ। डा. एच, ए. दैमन एन.डि.ले आफ्नो शोध पत्र जनरल मेडिसिनमा लेखेका छन् किशारिरीक विश्रामको मानसिकविश्राम संग ताल-मेल भएमा नै वास्तविक विश्रामप्राप्तगर्न सकिन्छ। तसर्थ आरामभन्ने कुरा अल्छीपन या आलश्यको अर्थमालिनु हुन्न। यसको मतलबनिर्जिब या निष्कृयताहोइन न त कामगर्नको दु:खले जोगीबन्‍नु नै हो। यसको स्पष्ट अर्थ भविश्यमा बढी कामगर्न सक्ने क्षमता बृद्धि र दीर्घजीवनप्राप्तगरी धेरै दिनसम्मकामगर्न सक्ने शक्तिआर्जनकालागिरिने विश्राम संग संबन्धितछ। आरामगर्दा जसरी साना केटाकेटीहरु निदाउँदाआफ्ना शरीर जसरी शीथिलबनाएका हुन्छन् त्यसरी नै शीथिलबनाउनु नै हो। केहीदिनको प्रयास पछि यो क्रियागर्न सकिन्छ। यसरी शरीरलाई शीथिलपार्ने क्रियालाई अंग्रेजीमारिल्याक्स भनिन्छ। विश्रामगर्ने तरिकाको लागिसर्वप्रथमआफुलाई पूर्ण रुपले तयार पार्नु पर्छ। यसपछि आफ्नो मस्तिष्कबाट सबै प्रकारकाभावनाहरु निकालेर विचार शुन्यबनाउनु पर्छ त्यसपछि कुनै पनिअवस्थामा(सुतेर, बसेर)विश्रामगर्न सकिन्छ।

Category: , , ,

0 comments