सोहाको हट अन्दाजले सेफ रिसाए !

6:41 AM | 0 comments



मुम्बइ, बलिउड अभिनेत्री सोहा अली खानले फिल्म छान्ने तथा हट अन्दाजहरूलाइ लिएर प्रायजसो उनका भाई सेफ अली खान रिसाउने गरेका छन । यो त बहिनी प्रति दाजुको मायाकै कारणले हो भन्दा फरक नपर्ला । तर अहिले फेरी एक पटक बहिनी सोहाका कारण सेफको पारो बढेको छ । उनी सोहासंग निकै रिसाएका छन ।

सुत्रहरूका अनुसार केही दिन पहिले सोहा अली खानले बिकिनीमा एक हट फोटो शूट गराएकी थिइन । यहि फोटोसुटमा बहिनीको अन्दाजलाइ देखेर सेफलाइ चित्त नबुझेपछि उनी निकै रिसाकएको कुरा भारतीय मिडियाहरूले लेखेका छन । सेफले यस अघि पनि बहिनीका यस्तै प्रकारका कृयाकलापहरूप्रति असहमति जनाउँदै आएका थिए ।

बताइए अनुसार सेफको यस्तै खालका व्यवहारका कारणलेनै अहिले सम्म सोहाको करिअर ठीक तरिकाले अगाडी बढ्न नसकेको भनेर अहिले बलिउडमा चर्चा हुने गरेको छ ।


Category: , , , ,

0 comments