विद्युत सम्झौता नहुँदा एमाले ‘चिन्तित’, मोदीसँगको भेटमा खनाल र नेपाल बाहिर
१९ साउन, काठमाडौं ।
संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा हुन नसकेर डेढ महिनाका लागि पर सारिएको विद्युत सम्झौता गर्दा संसदबाट अनुमोदन गराउनुपर्ने निष्कर्ष निकालेको छ । ४५ दिनभित्र सम्झौता गर्ने गरी थाँती राखिएका ती बिषयबारे आज पदाधिकारी र शीर्ष नेता तथा विज्ञहरुसहितको बैठकले मुलुकको संविधान अनुसार अघि बढाउन अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
एमालेका सचिव योगेश भट्टराईले प्राकृतिक स्रोत साधनसँग समेत जोडिएकाले सो बिषय संविधानको भावना अनुसार मेल खाने गरी अघि बढाउने निर्णय भएको बताए । बैठकमा विद्युत सम्झौताको ड्राफ्ट बनाउने तीन दलीय कार्यदलमा रहेका उपाध्यक्ष भीम रावल तथा जलस्रोत र अन्तराष्ट्रिय कानूनका विज्ञले धारणा राखेका थिए ।
स्रोतका अनुसार, हप्ता दिनभन्दा बढी समय गृहकार्य भएपनि अन्तिम समयमा विद्युत सम्झौता नभएको बिषयमा समीक्षा समेत भएको थियो । एमालेकै नेता परराष्ट्र मन्त्री र ऊर्जा मन्त्री भएका बेला सहमति हुन नसक्दा भारतसँगको सम्वन्धमा नकारात्मक असर पर्न सक्नेतर्फ नेताहरुले चिन्ता जनाएको एक नेताले बताए ।
यसैवीच, एमालेको सो बैठकले भारतीय प्रधानमन्त्री मोदीसँग भेटका लागि अध्यक्ष केपी ओली, उपाध्यक्ष विद्या भण्डारी, महासचिव इश्वर पोखरेल, केन्द्रिय सदस्य राजन भट्टराईसहितको टोलीलाई पठाउने निर्णय गरेको छ । सो टोलीले केहीबेर अघि मोदीलाई भेटेको छ ।
भेटका लागि गएको टोलीमा निवर्तमान अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेता माधवकुमार नेपाल भने परेनन् ।
- See more at: http://nepaliheadlines.com
0 comments