'नरेन्द्र मोदीलाई जयललिताको प्रेमपत्र' ले हंगामा
हाल नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतकै तामिलनाडुकी मुख्यमन्त्री जयललिताको विषयमा विवादास्पद लेख प्रकाशित गरेपछि नयाँ दिल्ली र कोलम्बोबीच समस्या देखिएको छ ।
जय ललिताले प्रधानमन्त्री मोदीलाई श्रृलंकालाई निशर्त माफी मगाउनु पर्ने आग्रह गरेकी छिन् भने अन्यत्र पनि विरोध भएको छ ।
उक्त आलेख प्रकाशित गरेकोमा श्रीलंकाली विदेश मन्त्रालयले यस विषयमा चर्को विवाद भएपछि क्षमा याचना गरेको भएपनि नयाँ दिल्लीले उक्त कदमको कडा आलोचना गरेको छ ।
श्रीलंकाको विदेश मन्त्रालयले 'How meaningful are Jayalalitha's love letters to Narendra Modi?' अर्थात जय ललिताले नरेन्द्र मोदीलाई पठाएका प्रेमपत्रको अर्थ कति छ शीर्षकमा एक विवादास्पद आलेख प्रकाशित गरेको थियो ।
सोमबार भारतीय विदेशमन्त्रालयले उक्त आलेखलाई 'घिन लाग्दो' भनेको छ । भारतका सांसदहरुले यस विषयमा श्रीलंका विरुद्ध भर्त्सना प्रस्ताव पारित गर्न समेत माग गरेका छन् ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि उक्त आलेख गम्भीर विषय भएको बताएकी छिन् ।
त्यही विषयलाई लिएर भारतको तल्लो सदन लोक सभा र माथिल्लो सदन विधान सभा पनि स्थगित हुन पुगेका छन् । तामिलनाडुमा पनि यो विषयलाई लिएर हंगामा भएको छ ।
कोलम्बोले भारतीय प्रधानमन्त्री मोदी र जयललिता दुवैसँग क्षमा याचना गरेको छ । विदेशमन्त्रालयको वेवसाइटमा राखिएको प्रेस विज्ञप्तिमा यो आलेख आवश्यक अनुमति नै नलिइ प्रकाशित गरिएको समेत दावी गरिएको छ । यस अघि मोदी र जयललिताको तस्विर सहित यो आलेख प्रकाशित गरिएको थियो ।
- See more at: http://nepaliheadlines.com/2014-08-04-09-19-02.html#sthash.ZPy7isu3.dpuf
0 comments