मोदीको अगाडि ‘स्मार्ट’ बनेको भन्दै मिनेन्द्रलाई थर्काए सुशीलले

5:36 AM | 0 comments

काठमाण्डु, १८ साउन– प्रधानमन्त्री सुशील कोइरालाले सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई नराम्ररी ‘थर्काए’ का छन् ।
minendra 1
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा पटकपटक आफ्नो पाखुरामा समातेर तानेको भन्दै कोइराला रिजालसँग झोक्किएका हुन् । ‘तपाईंले मोदीको अगाडि मेरो कोट समातेर किन तान्नुभयो’, रिजाललाई हपारेको देखेका कोइरालाका एक सहयोगीले भने, ‘यो ठीक भएन, तपाईं ‘ओभरस्मार्ट’ बन्न खोज्नुभयो ।’
minendra 2
ती सहयोगीका अुनसार भारतीय समकक्षीका अगाडि आफ्नै मन्त्रिपरिषदका सदस्यले गरेको त्यस्तो व्यवहारबाट कोइराालले अपमानित महसुस गरेका छन् ।
ती सहयोगीका अनुसार रिजालले आफूले अपमान नभई मोदीलाई छेकेकाले सहयोग मात्र गरेको जवाफ दिएका थिए ।
मोदीलाई कोइरालाले पुष्पगुच्छा दिएर स्वागत गरेदेखि मोदी कारगेटमा नचढेसम्म रिजालले पटकपटक कोइरालाको कोटमा समातेर तानेका थिए ।
minendra 3
minendra 4
- See more at: http://kathmandutoday.com/2014/08/49920.html#sthash.CDNkaZPW.BjvoOFRR.dpuf

Category: ,

0 comments