नरेन्द्र मोदी भारत फर्किए, विदा गर्न पनि सुशील विमानस्थलमै

5:38 AM | 0 comments

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । स्वागतको समयमा जस्तै मोदी स्वदेश फर्किने समयमा पनि नेपाली सेनाले १९ तोपको सलामी अर्पण गरेको थियो ।
modi nepal visit  4
मोदीको स्वागतका लागि विमानस्ल पुगेका प्रधानमन्त्री सुशील कोइराला लगायतका बिशिष्ठ ब्यक्तिहरु मोदीको विदाइका लागि पनि विमानस्थलमा पुगेका थिए ।
आइतबार विहान नेपाल आएका मोदीले राष्ट्रपति, प्रधानमन्त्री देखि विभिन्न राजनीतिक दलका नेतासँग भेटवार्ता गर्नुका साथै संसदमा विशेष संबोधन समेत गरेका थिए ।

आइतबार प्रधानमन्त्रीसँग भेटवार्ता र संसदमा विशेष संबोधन गरेका थिए ।
त्यसैगरी सोमबार मोदीले पशुपति नाथमा साउने सोमबारको विशेष पुजा गरेका थिए । सोमबार नै मोदीले राष्ट्रपति डा रामबरण यादव, एमाले र एमाओवादीका शीर्ष नेता सहित मधेशी नेताहरुसँग पनि भेटवार्ता गरेका थिए ।

मोदी १७ वर्षमा नेपाल भ्रमण गर्ने पहिलो प्रधानमन्त्री बनेका छन् । यस अघि १९९७ मा तत्कालीन प्रधानमन्त्री इन्दरकुमार गुजरालले नेपाल भ्रमण गरेपछि कुनै पनि भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिएनन् ।
- See more at: http://nepaliheadlines.com/2014-08-04-12-09-56.html#sthash.ADFF0LFU.dpuf

Category: ,

0 comments