डन चरी' मारिएपछी गृहमन्त्रीको पद खुस्किने भयो

4:58 AM | 0 comments

एमालेका जिल्ला स्तरिय नेता रहेका दिनेश अधिकारी चरी प्रहरी कारवाहीमा मारिएको घटनालाई नेता माधवकुमार नेपाल पक्षले भने अब पार्टीको केन्द्रिय कमिटीमै उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको राजिनामाको मुद्धा उठाउने तयारी गरेको छ ।
आफ्नै कार्यकर्ता प्रहरीको कारवाहीमा मारिएको घटनामा गौतमले जिम्मेवारी लिनुपर्ने भन्दै उनीहरुले दुई दिनपछि बस्ने केन्द्रिय कमिटीमा राजिनामाको मुद्धा उठाउने भएका हुन् । नवौं महाधिवेशनमा नेपालको प्यानलबाट उपाध्यक्षमा उठेका धादिङका नेता राजेन्द्र पाण्डेले संसदमा जस्तै केन्द्रिय कमिटीमा पनि चर्को रुपमा उठाउने स्रोतको भनाइ छ ।
सदनमै बोल्दा सभामुख सुभाष नेम्वाङसँग जुहारी गरेका पाण्डे लगायत नेपाल पक्षीय नेताले गौतमको राजिनामा माग्ने तयारी गरेका हुन् । चरी मारिएको घटनाबारे गौतमलाई पूर्व जानकारी भएको दावीसहित उनीहरुले कार्यकर्ताको बचाउ गर्न नसकेको र संसदमा प्रहरीको रिपोर्ट अनुसार जवाफ दिएको भन्दै नेपाल समूहले चर्को रुपमा उठाउने लागेको हो । महाधिवेशनपछि चरी ओली क्याम्प छाडेर नेपाल पक्षमा आएकाले पनि पाण्डे लगायत नेताले सो मुद्धा उठाउने एक नेताले बताए ।
पाण्डे र धादिङका अन्य नेताले चरीका परिवारलाई लिएर गृहमन्त्रीको निवासमा पुगेका थिए । पाण्डेले सदनमा बोल्दा पनि सो घटनालाई त्यत्तिकै नछाडिने बताएका थिए ।

Category: ,

0 comments