‘जिस्म–टु’ का लागि मागियो एचआइभी टेष्ट
फिल्म खेल्नका लागि एउटा कलाकारको के–के कुरा हेरिन्छ ? धेरैको उत्तर होला, कलाकारको अभिनय क्षमता, नृत्यको शैली, जीउडाल आदि इत्यादि । तर कसैले एचआइभी भए नभएको हेरेर फिल्ममा साइन गर्ने कुरा सुन्दा तपाईंलाई अचम्म लाग्ला । हो यस्तै भएको छ ‘जिस्म –टु’ को सुटिङ गर्नुपूर्व । मुम्बईको एक अखबारका अनुसार सन्नीले उक्त फिल्मको शुटिङ गर्नुपूर्व आफ्ना कलाकारहरुबाट एचआइभी टेस्टको रिपोर्ट मागेकी थिइन् । तर जब यो विषयमा सन्नीका श्रीमान ड्यानियल बिबरलाई सोधियो तब उनले यो कुरालाई सिधै नकारेका छन्
Category: FEATURE, hot model, life style, news
0 comments