लिंड्सेका ३६ सेक्स पार्टनरको सूची सार्वजनिक भएपछि हंगामा
हलिउड अभिनेत्री लिंड्से लोहानका यौन पार्टनहरुको सूची सार्वजनिक भएपछि हंगामा भएको छ ।
२८ वर्षीय अभिनेत्रीले आफुले नियमित यौन सम्पर्क गर्ने ब्यक्तिकोरुपमा सार्वजनिक गरेको सूचीमा विभिन्न चर्चित अभिनेता समेत छन् । तर अभिनेताहरुले आफू लिंड्सेसँग कहिल्यै पनि निकट नभएको दावी गरेका छन् ।
अमेरिकी म्यागजिन इनटचमा लिंड्सेले यौन सम्बन्ध राख्ने पुरुषहरुको सूची प्रकाशित भएको छ । तर कतिपयको नाम भने लुकाउने कोशिस पनि गरिएको छ ।
लिंड्सेको सेक्स पार्टनरमा को को परे त ?
अभिनेता जेम्स फ्रयान्स्को पनि लिंड्सेको सेक्स पार्टनरको सूचीमा परेका छन् । यद्यपी उनले आफूले लिंड्सेसँग सेक्स नगरेको तर किस भने गरेको बताएका छन् । त्यसैगरी म्यारुन फाइवका स्टार एडम लिवाइनले पनि आफूले लिंड्सेसँग यौन सम्बन्ध राखेको कुरा अस्वीकार गरेका छन् । आफ्नो नाम उक्त सूचीमा हुनु गलत भएको उनको भनाइ छ । लिंडसेले भने आफूले सार्वजनिक गरेको सूची सही भएको र यसमा कुनै परिवर्तन नहुने अडान लिएकी छिन् । यसैबीच म्यागजिनले यो सूची कहाँबाट हात पार्यो भन्ने विषमया चर्चा चलिरहेको छ । लिंड्सेले केही दिन अघि मात्र आफूले जीवनी लेख्न लागेको बताएकी थिइन् । यो सूची उनको जीवनीबाटै चोरिएको हुन सक्ने अनुमान गरिएको छ । लिंड्सेले आफ्नो जीवनीमा भएका कुरा झुटा नहुने समेत बताएकी थिइन् ।
लिंड्सेका सेक्स पार्टरको सूचीमा ३६ जना सेलिब्रेटी परेका छन् । लिंड्सेका सेक्स पार्टरको सूचीमा लेट हीथ लेजर, एश्टन कचर, औरलेण्डो ब्लूम र जस्टिन टिबरलेक जस्ता नाम चलेका सेलिब्रेटी छन् ।
0 comments