यात्रुको पेटमा ६४ लाख ८० हजारको कोकेन विष्फोट भएपछि विमानको आपतकालीन अवतरण
१२ साउन, एजेन्सी ।
एक बेलायती नागरिकले पेटभित्र राखेर तस्करी गर्न लागेको लागु औषध कोकेन आकाशमै विष्फोटभएपछि उनी रहेको विमानको आपतकालीन अवतरण गराइएको छ ।
एन्टिगुवाबाट लण्डनका लागि उडेको भर्जिन एट्लान्टिक विमान सेवाको विमानमा रहेका बेलायत मर्मिङघमका ४८ वर्षीय कोल्मिन स्मिथको पेटबाट ६१ वटा कोकेनका पोका विमान उडिरहेको समयमा पेटभित्रै विष्फोट भएका थिए ।
विमानमा विरामी परेपछि जाँच गर्दा पेटटमा २३९ दशमलव ३९ ग्रामको कोकेन रहेको खुलेको थियो । यसको मूल्य ४० हजार पाउण्ड स्टर्लिङ अर्थात ६४ लाख ८० हजार रुपैयाँ पर्छ ।
स्मिथले आकाशमै होस गुमाएपछि एन्टिगुवाबाट बेलायतको लण्डनका लागि छुटेको A330 एयरबसले आपतकालीन अवतरण गरेको थियो । विमानले बर्मुडाको एलएफ वेड इन्टरनल विमानस्थलमा अवतरण गरेपछि स्मिथलाई स्वास्थ्यकर्मीको जिम्मा लगाइएको थियो ।
उनको पेटको शल्यक्रिया उक्त परिमाणको कोकेन निस्केपछि चिकित्सकहरु नै छक्क परेका थिए । स्मिथले आफू मर्न लागेको अनुभव भएपछि परिचारिकालाई बोलाएको बताए । उनले ४७१ पाउण्ड स्टर्लिङ जरिवाना पनि तिरेका छन् ।
0 comments