सिरहामा बम बिष्फोट एकको मृत्यु ९ घाइते

9:43 AM | 0 comments

siraha_district_mapशम्भु यादव, लहान । सिरहाको गोविन्दपुर गाविसमा बम विस्फोट भएको छ । बम विस्फोट परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइतेको भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिएका छन् ।
पूयाँलका अनुसार गोविन्दपुर वडा नम्बर ७ मा बम विस्फोट भएको हो । विस्फोट परी स्थानीय रामकुमार महतोको मृत्यु भएको छ । घाइतेहरुको उपचारको अस्पताल पठाइएको छ ।
बम कसले र किन विस्फोट गराएको भन्ने सम्बन्धमा केही नखुलेको डिएसपी फुयालले बताए । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
- See more at: http://www.nepalsandesh.com

Category: ,

0 comments