भारतीय विदेशमन्त्री नेपाल भ्रमण पूरा गरि स्वदेश फर्किइन
काठमाडौं , ११ साउन । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो तीन दिने नेपाल भ्रमण पूरा गरि स्वदेश फर्किएकी छिन् । स्वदेश फर्कने क्रममा पत्रकारहरुसँग कुरा गर्दै स्वराजले नेपाल भ्रमणबाट आफूले सोचेभन्दा पनि धेरै ठूलो सफलता पाएको प्रतिक्रिया दिइन् । ‘नेपाल भ्रमण सोचेभन्दा पनि धेरै फलदायी भयो’ – उनले टिप्पणी गरिन् । 
विश्वभरका हिन्दूहरुको आराध्यदेव पशुपतिनाथको दर्शन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै स्वराजले आफू सन्तुष्ट भएर दिल्ली फर्किन लागेको बताइन् । उनले भनिन् ‘हामीबीच २६ बुँदामा सहमति भएको छ, अब निश्चित मार्गचित्र बनाएर त्यसलाई दुबै देशको हितमा हुने गरी कार्यान्वयन गर्दै जानेछौं ।’
यसअघि स्वराज पशुपतिनाथ दर्शनका लागि पुग्दा त्यहाँ पशुपति विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।
0 comments