टेरियालाई दुबईमा नाच्न जी टिभीले दियो अनुमति

8:10 AM | 0 comments

दुबई, ११ साउन  । डिआइडी लिटिल मास्टर टेरिया फौजा मगरले दुबईमा हुने सांस्कृतिक कार्यक्रममा नाच्ने पाउने भएकी छन् ।
नेपाली आदिवासी जनजाति महासंघ यूएईले पत्रकार सम्मेलन गर्दै जी टिभीसँग टेरियालाई दुबई ल्याउन र उनको कला प्रर्दशनका लागि सम्झौता गरेको जनाएको छ ।bc3a8ae5259b6c2555b4dc1ceff759f9
महासंघका अध्यक्ष डेरराज गुरुङले जी टिभीले राखेको मापदण्ड पुरा गर्ने गरी टेरियालाई दुबई ल्याउन लागेको जानकारी दिनुभयो । डिआइडी लिटिल मास्टर्स उपाधि विजेता टेरियाले जी टिभीको अनुमति बेगर कुनै पनि कार्यक्रममा आफ्नो प्रतिभा देखाउन नपाउने प्रावधान राखिएको छ ।
आउँदो अगष्ट २९ तारेखमा शेख राशिद अडिटोरियममा हुने नेपाली सांस्कृतिक कार्यक्रममा टेरियासँगै चलचित्र नोभेम्बर रेनकी नायिका छुल्टिम डोल्मा गुरुङले पनि आफ्नो प्रस्तुती दिने छिन् ।
 

Category: , , ,

0 comments