असुहाउँदो पहिरनमा देखिने अर्बपति

8:31 AM | 0 comments

काठमाडौ, श्रावण १७ - विश्वका धनी अझ भनौं 'सुपर रिच' ले कुनै पनि राम्रा कुरा लिन नसक्ने हुँदैनन्। यिनीहरूका लागि आवश्यक अत्याधुनिक सामान किन्ने या आफ्नो सुविधाका लागि इन्स्ट्रक्टर राखेर काम गर्नु कुनै ठूलो कुरा होइन। जस्तै आइफोनको कभर पनि सुनकै राख्न सक्छन्। तर किन विश्वका केही धनाढ्यहरू आफूलाई स्टाइलिस बनाउन चाहँदैनन्? यसका विज्ञलाई नियुक्त गर्दैनन्? भीएच वान सेलिबि्रटीले निकालेको एक सूचीमा अर्बपति हुनेहरू आफूलाई आकर्षक देखाउन कुनै प्रयास गर्दैनन्। अर्थात् उनीहरू नसुहाउँदो पहिरनमा सार्वजनिक हुन्छन्। जसलाई मान्छेहरूले सजिलै पचाउन गाह्रै हुन्छ।

चाहने हो भने एउटा औंला घुमाएर उनीहरू उत्कृष्ट भन्दा उत्कृष्ट फेसनका सामान किन्न सक्छन् र पनि उनीहरू 'बेडसिट' मा किन बेरिन्छन्? भीएच वानको हालै प्रकाशित एक लेखमा छ।

फेसनको नियम तोड्ने अर्बपतिमा मार्क जुकरबर्ज र मेरी केट ओल्सेनको नाम अगाडि छ। यीमध्ये ओल्सेन त फेसन क्षेत्रमै काम गर्ने हुन्। उनीहरूको पहिरनले पैसाले शिक्षा, सम्बन्ध मात्र होइन स्टाइल पनि किन्न सकिँदैन कि भन्ने आशंका पैदा गरेको छ। भीएच वान सेलिब्रेटीले नसुहाउने लुगामा बेरिने अर्बपतिको सूचीमा राखेकामध्ये पाँच जनाको यहाँ चर्चा छ।
मार्क जुकरबर्जसँगै डस्टिन मोस्कोभिट्स जो अमेरिकन इन्टरनेट उद्यमी हुन्। उनी पनि फेसनप्रति त्यति मतलव राख्दैनन्। फेसबुकका सहसंस्थापक रहेका उनले सन् २००८ मा फेसबुक छोडेर नयाँ कम्पनी आसना खोलेर आफ्नो काम सुरु गरेका हुन्। फेसबुकको सेयर मूल्य वृद्धि भएपछि सन् २०११ मा उनी अर्बपतिको सूचीमा परेका थिए। उनको सम्पत्ति ६ अर्ब ८० करोड अमेरिकी डलर छ।

त्यस्तै टिटरका तत्कालीन अध्यक्ष तथा प्रमुख कार्यकारीका रूपमा काम गरेका इभान विलियम्स पनि फेसनबारे अनभिज्ञ रहेको भीएच वानले लेखेको छ। उनको सम्पत्ति २ अर्ब ५० करोड डलर रहेको छ।
अमेरिकी बिजनेस म्याग्नेट र कम्प्युटरविज्ञ ल्वरेन्स 'लेरी' पेज, जो गुगलका सहसंस्थापक पनि हुन्। उनीसँग भएको सम्पत्तिका कारण फोब्र्सको अर्बपतिको सूचीमा उनी १९ औं स्थानमा छन्। त्यही सम्पत्ति भए पनि आफूलाई आकर्षक राख्न कुनै प्रयास नगर्दा भीएच वानले उनलाई नसुहाउँदो पहिरन लगाउनेको सूचीमा सार्वजनिक गरेको छ। भीएच वानले लेखेको छ, 'जो नसुहाउँदो पहिन लगाउँछन्, केही स्टाइलका लागि खर्च गर्न आवश्यक छ।' उनको सम्पत्ति ३२ अर्ब ३० करोड डलर छ।

अमेजन डट कमका संस्थापक तथा प्रमुख कार्यकारी जेप|mेरी प्रेस्टोन 'जेफ' बिजोस अर्का अर्बपति हुन्। जसलाई पनि भीएच वानले समयअनुसारको स्टाइलमा नरहने गरेको लेखेको छ। झन्डै २९ अर्ब डलर सम्पत्तिका धनी जेफ पहिरनमा जस्तो मानिए पनि प्रविधिका उद्यमीहरूमा ई-कमर्सको वृद्धिमा मुख्य भूमिका निभाउनेमा पर्छन्। सन् २०१३ मा उनले 'दि वासिङटन पोस्ट' पनि किनेका छन्।
करिब ४ सय कम्पनीको छाता समूह भर्जिन ग्रुपका संस्थापक रिचार्ड ब्रान्सनले १६ वर्षको उमेरदेखि बिजनेस सुरु गरेका हुन्। त्यतिबेला स्टुडेन्ट नामक म्यागेजिन निकालेका यी व्यवसायी ५ अर्ब डलरका मालिक छन्।झन्डै ६५ वर्षको उमेर नजिक पुग्दासम्म पैसा निकै कमाए तर फेसन सेन्स उनले बुझ्न सकेनन्। आफ्नो कम्पनीको विज्ञापनका लागि उनी केटीका रूपमा समेत देखिन्थे, जुन रूप उनलाई पटक्कै सुहाउँदैनथ्यो। सामान्य तरिकाले बाहिर निस्कँदा पनि उनले आफूलाई नयाँ फेसनसँग अद्यावधिक गर्न नसक्दा धेरै पटक नसुहाउने पहिरनमा हुने गरेको भीएच वानले लेखेको छ ।स्रोत : एजेन्सी

Category: ,

0 comments