लगन जुर्न नसकेका नेपाली नायिकाहरु
पछिल्लो समय लगातार नेपाली कलाकारहरुको विवाह हुने क्रम बढ्दै गइरहेको अबस्थामा अझै पनि केहि नायक,नायिकाहरु लगन कहिले जुर्छ आफनो भन्दै लगनको र्पखाईमा छन् । केहि समय अगाडी मात्र नायिका रेजिना उप्रेति,आर्यन सिग्देल,राजेश हमाल,अन्जु निरौला,अनुप बराल,श्रीकृष्ण श्रेष्ठ,स्वेता खड्का,मिथिला शर्मा आदी कलाकारहरुको विवाह भइसकेपछि विवाह हुन बाँकी केहि कलाकाहरुलाई पनि अब भने दर्शकहरुबाट नै दबाब आउन थालेको छ । यसरी धमाधम नेपाली कलाकाहरुको विवाह हुन थालेपछि विवाह हुन बाँकी रहेका कलाकारहरुलाई अब आफनो विवाहको लगन कहिले जुर्छ भन्दै मिति कुर्न थालेका छन् । कुरा गरौ विवाह हुन बाँकी रहेका केहि नेपाली नायिकाहरुको । चलचित्रहरुमा धेरै पटक विवाह गरिसकेका नायिकाहरु बास्तविक विवाह कस्तो हुन्छ भन्ने सोचाईमा त पक्कै हुन्छन् तर भने जस्तो जीवन साथी नपाउदा धेरै नायिकाहरुको विवाह अहिले सम्म पनि हुन सकेको छैन् । विवाह भनेको जन्म जन्मको बन्धन हो सायद यसैले पनि हुन सक्छ जीवनभर साथ निभाउने जीवन साथी भने जस्तै नहुदाँ नेपाली नायिकाहरु अहिले सम्म विवाह बन्धनमा बाधिन सकेका छैनन् ।
यस्ता छन् जीवन साथीको खोजीमा रहेका केहि नेपाली नायिकाहरु :

अनु शाह :
म्युजिक भिडियोमा अभिनय गर्दै मनोरञ्जन क्षेत्रमा प्रवेश गर्ने नायिका हुन्— अनु शाह । थुप्रै नेपाली चलचित्रमा अभिनय गरे पनि उनी अहिलेसम्म आफूलाई स्थापित गराउने चलचित्रकै खोजीमा छिन्। आगामी चलचित्र आधीबाटो बाट आशावादी शाहको नाम पछिल्लो समय नायक सविन श्रेष्ठसँग नजोडिएको होइन तर अनुले त्यसको खण्डन गरिसकेकी छिन्। अविवाहित यी नायिकाले भविष्यमा प्रेम विवाह गर्ने योजना बनाइएकी छिन् ।
गरिमा पन्त : नायिका गरिमा पन्तलाई वर्ष २०७० भाग्यमानी सावित भएको छ। गरिमा आफ्नो करियरलाई लिएर झोलाले व्यावसायिक सफलताका साथै उनको अभिनयले प्रशंसा पाएपछि गरिमा चलचित्र क्षेत्रप्रति उत्साहितसमेत छिन्। चलचित्र क्षेत्रमा लामो समय बिताइसकेकी गरिमाले यसअघि पनि दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी थिइन् तर झोलाको जस्तो लोकप्रियता उनले कुनै पनि चलचित्रबाट पाएकी थिइन्। उनी पनि अविवाहित नायिका मध्यकै एक नायिका हुन् । उनी पनि एक मन मिल्ने जीवन साथीको खोजीमा छिन् । उनी पारिवारिक सहमति अनुसार नै विवाह गर्ने मनसायमा छिन् ।
नीता ढुंगाना : पछिल्लो समय नायिका नीता पनि एक चल्तीकी नायिका हुन् । चलचित्र नोटबुक र ६ एकान ६ ले राम्रो सफल्ता हात पारेपछि उनी एका एक व्यस्त नायिकाको रुपमा चिनिन थालिन । उनको पनि अहिले सम्म विवाह हुन सकेको छैन् । तर उनले एक सञ्चार माध्यमलाई बताए अनुसार उनी लगभग लगभग विवाहको तयारीमा नै रहेको बताइएको छ । उनी प्रेम विवाह गर्ने सुरमा छिन् ।
सुमिना घिमिरे : करिब ५ वर्षअघि चर्चित नृत्य निर्देशक वसन्त श्रेष्ठकोमा नृत्य सिक्ने क्रममा पहिलो पटक लागू औषध दुव्र्यसन विरुद्धको ‘सिग्नेचर’ फिल्मबाट आफ्नो क्यारियर शुरु गरेकी घिमिरेले ‘छविलाल कन्जुस छैन’ फिल्मबाट सोलो नायिकाको भूमिका निभाएकी उनको पहिलो रिलिज फिल्म हो, ‘दुलही’ । महानायक राजेश हमालकी दुलही भएर अभियन गरेकी सुमिनाले यही फिल्मबाट वर्षको उत्कृष्ट नव नायिकाकाका साथै एउटै फिल्मबाट एकै वर्षमा चारवटा अवार्ड हातपार्न सफल भइन् । उनी पनि अहिले सम्म विवाह नगरि बसेकी छिन् । सेक्सी नायिकाको रुपमा चिनिदै आएकी सुमिना जीवन साथी भने जस्तो हुनु पर्ने सोचाइमा रहेकी छिन् ।
Category: entertainment, FEATURE, nepali cinema
0 comments