मोदीले पशुपतिमा पुजा गरेको विषयमा भारतीय संसदमा हंगामा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा पुजा गरेको विषय भारतमा विवादमा परेको छ । सांसदहरुले पशुपतिमा पुजा गर्ने प्रधानमन्त्रीले इदको शुभकामना नदिएको भन्दै आपत्ति जनाएपछि केहीबेर संसद अवरुद्ध नै हुन पुग्यो । तृणमूल कांग्रेसका सांसद सुदीप बंदोप्पाध्यायले प्रधानमन्त्रीले ईदको शुभकामना नदिएको भन्दै आपत्ति जनाएका थिए । मोदी नेतृत्वको भारतीय जनता पार्टी बीजेपी बहुमतमा रहेको संसदमा बंदोप्पाध्यायले नेपालको मन्दिरमा पुजा गर्ने कुरा राम्रो भएपनि इदको शुभकामना नदिनु आपत्तिजनक भएको बताए । बंदोप्पाध्यायको प्रश्नमा जवाफ दिँदै संसदीय कार्यमन्त्री वेंकैया नायडुले आफूहरुले सर्व धर्म समभावमा विश्वास गर्ने र प्रधानमन्त्रीले राष्ट्रलाई इदको शुभकामना दिएको बताए । कांग्रेसका अर्का सांसदले बोल्ने समय माग्दा नदिएपछि भने संसदमा हंगामा भएको थियो । त्यसकै कारण संसद स्थगित समेत गर्नु पर्यो । नरेन्द्र मोदीले सोमबार विहान पशुपतिमा विशेष पुजा गर्दै २५ सय किलो चन्दन समेत चढाएका थिए । उनले पशुपतिको विकाशका लागि ४० करोड सहयोगको समेत घोषणा गरेका थिए । तर उनले पशुपतिमा पुजा गरेको विषय भारतीय संसदमा बहसको विषय बन्न पुगेको छ । - See more at: http://nepaliheadlines.com
0 comments