‘मुन्नी बदनाम’ गायिकाले गाइन् नेपाली आइटम गीत । अर्चनाले गरिन् हट नृत्य
नेपाली रजतपटकी नायिका अर्चना डेलालाले ‘विक्रीमा छ योवन मेरो, किन्ने कोही छ कि’ भनेर नेपाली दर्शकहरुलाई सोध्ने भएकी छिन् । तर खुशी भई नाहाल्नुहोस् किनभने उनले साच्चिकै नभएर एक आइटम गीतमा यसरी सोध्दैछिन् ।
भारतीय चर्चित गायिका ममता शर्मा ले गाएको यो आइटम गीतबाट विहिवार चलचित्र ‘आवेग’ को छायांकन प्रारम्भ भएको छ । ममताले नै चर्चित हिन्दी गीत ‘मुन्नी बदनाम’ गाएकी हुन् ।
करिब १० लाख खर्च गरेर महंगो सेटमा यो आइटम गीतको छायांकन गरिएको हो । गीतमा अर्चनाको हट नृत्य रहने चलचित्रको छायांकनका क्रममा देखिएको दृश्य (माथिको तस्विर) ले नै प्रष्ट पारेको छ । नृत्यको निर्देशन चर्चित कोरियोग्राफर कविराज गहतराजले गरेका छन् ।
आर्यन सिग्देल, धुव्र दत्त, पवित्रा आचार्य, रमेश वुढाथोकीको समेत अभिनय रहने सिनेमालाई एक्सनमा पनि भरिपूर्ण बनाउने योजना निर्देशक वसन्त निरौलाले सुनाए ।चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गर्दैछन् । यमन म्यूजिक र वी.एन फिल्मस्को प्रस्तुतीमा बन्ने चलचित्रका निर्माता गीतकार समेत रहेका सूर्य कार्की हुन् ।
यो चलचित्रमा धन सिंह केसी र राजेन्द्र घिमिरेको पनि लगानी छ । चलचित्रमा अष्ट महर्जनको एक्सन छ
Category: FEATURE, life style, news
0 comments