‘लात्ती खाएका’ निर्देशकसँग रेखाको यस्तो सहमती

8:14 AM | 0 comments



    


छायांकनका क्रममा निर्देशक श्याम भट्टराइलाई लात्ती हान्दै निकालेको चर्चा मिडियामा गरेकी नायिका रेखा थापाले सिनेमा चल्ने समयमा नयाँ खालको सहमती गरेकी छिन् ।
 
निर्माता संघका अध्यक्ष राजकुमार राइको रोहवरमा भएको सहमतीमा श्यामले चलचित्र ‘हिम्मतवाली’को छायांकनका क्रममा कुनै गल्ती नगरेको उल्लेख छ । रेखाले श्यामको चरित्र हत्या हुनेगरि विभिन्न संचारमाध्यमबाट भनिएका आरोपहरु केवल आवेगमा आएर भनेको भन्दै कुनै पनि गलत कार्य भट्टराइबाट नभएको सहमती गरेकी छिन् । श्याममाथि जान- अन्जानमा हुन गएको भूल प्रति उनले दुख समेत व्यक्त गरेकी छिन् ।

 यस्तै निर्देशक भट्टराइले पनि रेखामाथि गरेका आरोप प्रत्यारोपका क्रममा सम्पूर्ण निर्माताहरुमाथि पुग्न गएको चोटप्रति दुख व्यक्त गरेका छन् । अब दुइजनाले कुनै पनि आरोप प्रत्यारोप नगर्ने सहमती गरेका छन्
 नायिका थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘हिम्मतवाली’ सेन्सरमा रोकिएपछि रातारात यो  सहमती भएको हो ।

Category: , ,

0 comments