फेसबुक मालिक जुकरबर्गले खन्याए टाउकोमा पानी, बिल गेट्सलाई पानी खन्याउन चुनौति (भिडियो सहित)

7:08 AM | 0 comments

सामाजिक संजाल फेसबुकमा अहिले हिउ जस्तै चिसो पानी टाउकोमा खन्याउने अभियान नै चलेको छ । दी आइस बकेट च्यालेन्ट शीर्षकको उक्त अभियानमा धेरै सेलिब्रेटीहरु सहभागि भैसकेका छन् । फेसबुकका संस्थापक मार्क जुकरfacebookबर्गले पनि आफ्नो टाउकोमा एक बाल्टिन चिसो पानी खन्याएका छन् । अमेरिकाको न्युजर्सी राज्यका गभर्नर क्रिस क्रिस्टीले सुरु गरेको यो अभियान स्नायु सम्बन्धि रोग ए एल एस बाट पीडितहरुको सहयोगका लागि रकम जम्मा गर्ने उद्धेश्यमा केन्दि्रत छ । अभियानमा साथ दिँदै ३० वर्षे जुकरबर्गले निकै खुसीसाथ चिसो पानी खन्याएका छन् आफ्नो टाउकोमा । उनले टाउकोमा पानी खन्याएको भिडियो निकै चर्चित समेत बनेको छ । उनले भनेका छन्, ‘गभर्नर मैले तपाइँको चुनौति स्विकार गरेँ । अब म बिल गेट्स, मेरा फेसबुक सहकर्मी सेरिल स्याण्डबर्ग तथा नेटफि्लक्सका सिइओ रिड रिड ह्यास्टिङलाई चुनौति दिन गैरहेको छु ।’ पानी खन्याएपछि उनले पानी साँच्चीकै चिसो रहेकेा बताएका छन् । स्मरण रहोस् टाउकोमा पानी खन्याउने अभियानमा अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि छानिएका थिए, तर उनले पानी खन्याएनन् र अभियानलाई आर्थिक सहयोग गरे । स्मरण रहोस् बेलायतको म्याकमिलन क्यान्सर सपोर्टले समेत यो अभियानलाई साथ दिएको छ । यसमा टेनिस स्टार एन्डी मरे लगायतको सहयोग छ । 

Category: , , ,

0 comments