विद्यार्थीहरु कति फोहोरी ? ६ जनासँग सहवासपछि मात्र तन्ना बदल्ने
विद्यार्थी जिवनमा सरसफाइ भन्ने चिजले खासै महत्व राख्दैन । त्यसैले विद्यार्थीहरुलाई फोहोरी जात भनेर नै चिनिन्छ । सहरका घरबेटीहरु पनि विद्यार्थीलाई कोठा भाडामा दिन हिच्किचाउँछन् ।हामीकहाँका विद्यार्थीहरु घरबेटीको ट्वाइलेट वा आफ्नो कोठा सफा नगर्ने मामिलामा घरबेटीका अपि्रय छन् । बेलायतमा भने विद्यार्थीहरु सहवासकै मामिलामा निकै फोहोरी रहेकेा पाइएको छ ।
म्याट्रेस कम्पनी इर्गोफ्लेक्सले हालै बेलायती विद्यार्थीहरुमा गरेको अध्ययनले विद्यार्थीहरुले एक वर्षमा जम्मा ३ पटक मात्र विछ्यौनाको तन्ना फेर्ने गरेको देखाएको छ ।आफ्नो उच्च अध्ययनको पहिलो शैक्षिक सत्र अर्थात् सेप्टेम्बर देखि मे सम्मको अवधिमा बेलायती विद्यार्थीले औषतमा केवल ३ पटक मात्र आफु सुतेको ओछ्यानको तन्ना धुने गर्छन् ।
अर्को गम्भीर कुरा त के भने बेलायती विद्यार्थीहरुले वर्षमा औषतमा १९ जना सँग सेक्स गर्छन् । यो हिसाबले बेलायती विद्यार्थीहरुले औषतमा ६ जनासँग सहवास गरेपछि मात्र तन्ना धुने गरेका छन् ।३ हजार जना विद्यार्थीमा गरिएको सर्भे अनुसार धेरै विद्यार्थीले लामो समयसम्म पनि तन्ना नधुनुको कारण समयको अभाव हुने तथा तन्ना छिटै फोहोर पनि नहुने भएको दाबी गरेका छन् ।
विज्ञहरुका अनुसार हप्तामा कम्तीमा १ पटक विछ्यौनाको तन्ना फेर्नुपर्छ । अझ छालाको रोग तथा दम रोग भएका हरुले त हप्तामा २ पटक नै तन्ना धुनुपर्छ ।सायद बेलायती विद्यार्थीलाई यो कुरा थाहा होला । तर थाहा हुँदाहुँदै पनि उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको बानी कति घिनलाग्दो हगि ?
Category: entertainment, FEATURE, life style, यौन खबर
0 comments