आक्रोशित हुँदै सलमानले भने- म अपराधी होइन

10:54 PM | 0 comments








बलिउड सुपरस्टार सलमान खानले आफू अपराधी नभएको भन्दै हरिण मार्ने विषयमा परेको मुद्धामा राजस्थान उच्च अदालतको आदेश सही भएको बताएका छन् । आफूलाई अपराधी ठहर्‍याउने तल्लो अदालतको आदेश उल्ट्याउने राजस्थान उच्च अदालतको आदेश सही भएको उनको भनाइ छ ।हरिण मारेको अभियोग लागेपछि सलमानलाई विभिन्न देशमा प्रवेश आज्ञा भिसामा समेत प्रतिवन्ध लाग्दै आएको छ । यसकै कारण कतिपय चलचित्र निर्माताहरुले ठूलो घाटा समेत ब्यहोर्नु परेको छ ।






उच्च अदालतमा दायर भएको मुद्धाका विषयमा टिप्पणी गर्दै सलमानले अदालतले आफूलाई आम नागरिक मानेको र कुनै विशेष सुविधा नदिएको बताए । आफू अपराधी पनि नभएको र विशेष मानिस पनि नभएको उनको भनाइ छ ।सलमान भारतमा धेरै कमाउने र धेरै कर तिर्ने ब्यक्तिको सूचीमा अग्रस्थानमा आउँछन् ।एक फिल्म सुटिङका क्रममा हरिण मारेको अभियोगमा सलमानले झन्झट ब्यहोर्दै आएका छन् । उनलाई यस अघि एक अदालतले ५ वर्ष कैद सजाय समेत सुनाएको थियो ।

Category: , ,

0 comments