लसुन-
लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । प्राचीन समय देखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ ।
यसको खेति हाम्रो देशमा पनि हरेक ठाउँमा हुने गरेको छ ।लसुनका सामान्य लाभ आयुर्वेदिक मत अनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ ।
यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ । महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ ।
पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ ।
गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ ।
लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ । क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ ।
रोगका उपचारमा लसुनको प्रयोग उच्च रक्तचाप उच्च रक्तचापको लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ । यसरी लसुन खाँदा एकै पटक नखाएर पटक पटकको खानासँगै खानु राम्रो हुन्छ ।ग्यास्ट्रिक पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा बिहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २,३ केस्रा लसुन दूध सँग खाएमा फाइदा हुन्छ ।
चिलाउने समस्या–
सामान्य प्रकारको छालाको चिलाउने रोग जस्तैः– दाद, एक्जिमा आदिमा लसुनको रस लगाउनु लाभकारी हुन्छ ।
– लसुनको रस र कागती समभाग राखी कपासको माध्यमले दिनको ३÷४ पटक चिलाउने घाउ पुछ्ने गर्दा चिलाउने कम हुन्छ ।बच्चाको रुघाखोकी लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डढाउने । उक्त तेललाई मन तातो भए पछि रुघा लागेको बच्चाको नाकको प्वाल बाहिर दल्ने, तेल छाती, घाँटी, ढाडमा सेकाउँदै मालिश गर्ने ।
निधार र नाक वरिपरि या तेल लगाउने गर्दा ससाना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ ।
यो प्रयोगले ठूला व्यक्तिलाई पनि फइदा गर्छ ।
जोर्नी दुखाई र सुन्निनेमा एक पाउ लसुन थिचेर एक चौथाइ जति तेल र चार चौथाई जति पानी एकै भाँडामा राखी घोल्ने र त्यसलाई मन्द आगोमा पकाउने । पानी सुकेर तेल र लसुनको छोक्रा मात्र बाँकी भए पछि तेललाई छानेर शिशीमा राख्ने । यो तेल दिनको ३/४ पटक जोर्नी दुखेको र सुन्निएको ठाउँमा लगाउने, मालिश गर्ने गर्दा आराम महसुस गर्दछ ।
अपच
खाना सँगै ३\४ केस्रा लसुन बिहान बेलुका खाने गर्दा अपच समस्या हटेर जान्छ ।
0 comments