स्त्री सँग नजिकिँदा यी १० भूल कहिले नगर्नुस्..

10:40 AM | 0 comments




पुरुषहरु महिलाहरुसँग बहुसम्बन्धमा समेत हुन्छन् । कतिपय पुरुष एकै पटक धेरै महिलासँग अन्तरंग सम्बन्धमा हुन्छन् भने कतिपय पुरुष एक महिलासँग टाढिएपछि तत्काल अर्कीसँग नजिकिन्छन् । खासगरी यौनिक प्रयोजनाका लागि महिला फेर्ने पुरुषको बानी हुन्छ ।
 यहाँ हामीले महिलासँग नजिकिने क्रममा गर्न नहुने १० भूलको चर्चा गरेका छौं ।
 सेक्स र डेटिङ विज्ञ तथा भिक्सेन अन द लुजका संस्थापक मेलाइन कर्टिनले महिलासँग नजिकिँदा पुरुषले १० कुरामा ध्यान दिनु पर्ने बताएका छन् । उनका अनुसार यी १० भूल गर्नु हुँदैन ।




 नकारात्मक टिप्पणी
 महिलाहरुलाई होंच्याएर बोल्ने र महिलाकै विषयमा नकारात्मक टिप्पणी गर्ने पुरुषलाई स्त्रीहरु घृणा गर्छन् । तसर्थ महिलाहरुसँग नजिकिँदै हुनु हुन्छ भने यस्ता बानी छोड्नुस् । स्त्रीहरु जो आफूप्रति ग्लानी गर्छन् त्यस्ताको अगाडी त झन् यस्तो गर्नै हुँदैन ।

 यौनको चाहाना
 पुरुषहरुले यौनकै लागि साथी बनाउँदा पनि महिलालाई म यौनका लागि नजिकिएको हो भन्ने भान पार्नु हुँदैन । यसले स्त्रीहरु टाढिन्छन् । अनि महिलाको वा आफ्नो कमाइको बारेमा पनि कुरा नगरेको राम्रो ।
 आफ्नै बेइज्जत
 आफैलाई पनि तल्लो देखाउने वा गिज्जाउने पारामा प्रस्तुत हुने पुरुष देखि महिला टाढिन्छन् । आफूलाई निक्कै तल्लो स्तरको जस्तो कहिल्यै नदेखाउनुस् ।

 शरीरमा नछुनुस्
 महिलाहरुले नजिकन चाहेका पुरुषले शरीरको पछाडीको तल्लो भाग कुहिनु वा काँधमा छोएको मन पराउँदैनन् । यस्ता काम नगर्नुस् ।

 हार्ड ड्रिङ्क्स र गाडी
 महिलाले स्त्री भएकै कारण हार्ड ड्रिङ्क्स र गाडीको बारेमा जान्दैनन् भन्ने भ्रम नपाल्नुस् । र यो विषयमा होंच्याएर पनि नबोल्नुस् ।

 आफैलाई वा साथीलाई उडाउने
 आफूलाई मजाक बनाउने वा साथीलाई उडाउने पुरुष स्त्रीलाई मन पर्दैन । मनले चाहेको स्त्री वा उनका साथी भाइको मजाक नबनाउनुस् ।

 यौनिकताको ख्याल
 महिला चाहन्छन् पुरुषले आफ्नो विशिष्ठ यौनिक चरित्रको ख्याल गरोस् । आफू पनि यौनिकताको ख्याल गर्छन् ।
hot season more appealing


अनावश्यक मजाक
 अनावश्यक मजाक मात्र गर्न खोजेको वा जुन सुकै विषयलाई हल्का बनाएको महसुस महिलाले गरे भने उनीहरुलाई राम्रो लाग्दैन । यस्तो काम महिलाको अगाडी कहिल्यै नगर्नुस् । यसले उनीहरुलाई टाढा लैजान्छ ।

 भाले प्रवृत्ति
 पुरुषहरुमा शाहस देखाउने चाहाना हुन्छ । तर सबै स्त्रीलाई आफ्नो पुरुष भाले पल्टिएको वा बाहिरी कुरामा मात्र जोड दिएको मन पर्दैन । खासमा उनीहरु भित्रीरुपमा भावुक पनि हुन चाहन्छन् । सँधै बाहिरी ब्यवहारको आडम्बर नदेखाउनुस्

Category: , , ,

0 comments