दुब्ली देखिन करङ नै निकालिन् मेक्सिकोकी एक गायिकाले (फोटो फिचर सहित )
एजेन्सी – मेक्सिकोकी एक गायिकाले आफ्नो कम्मरलाई सानो देखाउनका लागि दुईवटा करङहरु निकालेकी छिन् । एरिड्ना थालिया सोडी मिरान्डाले एक अन्तर्वाताको क्रममा उक्त कुरा बताउँदै आफ्ना प्रशंशकहरुलाई चकित बनाएकी छिन् । उनले आफ्नो पेट मात्र दृखिएको फोटो इन्स्टाग्राममा पोष्ट गर्दै फोटोको विवरण दिने क्रममा लेखेकी छिन्, ‘के मैले आफ्नो करङ निकालेको भनेर सोच्दै हुनुहुन्छ ? हो, हाइन ? ’ ४२ वर्षीया थालियाले भर्खरै एउटा जारमा राखिएको दुईवटा करङ देखाउँदै गरेको भिडियो इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । उनले लेखेकी छिन्,‘ मेरा सबै फिलिपिनो प्रशंसकहरुका लागि, यहाँ प्रमाण दिइएको छ । मेरो प्रख्यात करङलाई माया गर्छु र यसलाई सधैँभरि आफूसँगै राख्नेछु । र यसको गाथा जारी छ….’ यो भिडियो वास्तविक हो कि झुटो हो भन्ने कुरा पुष्टि भने भइसकेको छैन । उनलाई गायिका, गीतकार, नायिका, लेखिका र व्यवसायीका रुपमा चिनिने गरिन्छ । उनले आफ्नो करङ निकालेको कुरा सहि हो वा होइन यो कुरा स्वयं थालियालाई नै थाहा छ । उनले आफ्नो नयाँ भिडियो इन्स्टाग्राममा छिट्टै नै पोष्ट गर्ने पनि बताएकी छिन् । (एजेन्सी)
Category: FEATURE, hot model, life style, world, रोचक खबर
0 comments