प्रहरी ले गौडा कुरेर चरी मारेको दाबि
गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ काठमाडौंको भिमढुंगामा प्रहरीसँगको दोहोरो गोलीहानहानमा मारिएको भन्ने दावीको उनीनिकट केहीले खण्डन गरेका छन् भने भिमढुंगाका केही स्थानीयले यसप्रति आपत्ती जनाएका छन् ।
अधिकारीनिकटका स्रोतहरूले उनी आज काठमाडौंबाट केवलपुरतर्फ गइरहेका बेला उनको पिछा गरिएको भन्ने प्रहरीको दावी गलत भएको बताएका छन् । उनीहरूले अधिकारी आज धादिङबाट काठमाडौं आइरहेको बेला मारिएको दावी गरेका छन् । साथै, उनीहरूले अधिकारी एक्लै नभई उनीसँग अरु दुईजना पनि भएको र घटनापछि ती दुईको अत्तोपत्तो नभएको बताएका छन् ।
चरीनिकटका ती व्यक्तिले स्थानीय वासिन्दाहरूको हवाला दिंदै प्रहरीले गौडा कुरेर मारेको बताएका छन् ।
0 comments