गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिए (भिडियोसहित)
काठमाडौं, श्रावण २१ । ‘चरी’ उपनामले चिनिने ‘गुन्डा नाइके’ दिनेश अधिकारी प्रहरी कारबाहीमा मारिएका छन् । हत्या अभियोगमा लामो समयदेखि प्रहरीले खोजी गर्दै आएकोमा आज अपरान्ह पाँच बजे काठमाडौंको भीमढुंगामा प्रहरीसँग भएको मुठभेडमा ‘चरी’ मारिएको प्रहरीले बताएको छ ।
‘चरी’ मोटरसाइकलमा धादिङतर्फ जाँदैगरेकोमा प्रहरीले नागढुंगामा चेकजाँच गर्ने क्रममा भागेका थिए । त्यसपछि पिछा गर्दै गएको प्रहरी टोलीमाथि चरीले मोटरसाइकलबाट ओर्लिएर गोली प्रहार गरेको र जवाफी कारबाहीमा उनी मारिएको प्रहरीले बताएको छ ।
चरीको साथबाट प्रहरीले एउटा पेस्तोल र गोलीको खोका बरामद गरेको छ । घटनापछि काठमाडौं प्रहरीको उच्च नेतृत्व घटनास्थल पुगेर मुचुल्का तयार गरिएको थियो ।
चरीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । चरी धादिङ क्षेत्र नम्बर १ का नेकपा एमालेका उपाध्यक्ष समेत हुन् ।
- See more at: http://imagekhabar.com
0 comments