चर्चित "डन" दिनेश अधिकारी 'चरी' प्रहरीले यसरी मारिए(तस्वीरसहित)
२१ साउन, काठमाडौं । चर्चित डन दिनेश अधिकारी चरी प्रहरीसँगको मुठभेडमा मारिएका छन् । बुधबार अपराहृन प्रहरी टोलीसँग काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा भिडन्त भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेका महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख प्रमुख एसएसपी पुष्कर कार्कीले चरी मारिएको पुष्टि गरेका छन् । उनका अनुसार चरीमाथि आठ राउण्ड गोली हानिएको थियो ।प्रहरी टोलीले उनीमाथि आठ राउण्ड गोली हानेको थियो । उनको पेट र छातीमा गोली लागेको छ । मोटरसाइकलमा सवारी चरी गोली लागेपछि सडक किनारमा ढलेका थिए ।
चरीले हानेको गोली लागी एक प्रहरी पनि घाइते भएका छन् । घटनास्थलबाट प्रहरीले हतियार बरामद गरेको छ ।
धादिङका राधे भण्डारीमाथि खुकुरी हानेको अभियोग लागेपछि चरी केही समयदेखि सार्वजनिक रुपमा हिडडुल गरिरहेका थिएनन् । चरी काठमाडौं आएको खबरपछि खोजी थालिएको र पछ्याउने क्रममा भीमढुंगामा पुग्दा मुठभेड भएको बताएको छ ।
धादिङ क्षेत्र नम्बर १ का एमाले पूर्वउपाध्यक्ष समेत रहेका अधिकारी बिभिन्न प्रकरणमा प्रहरी निगरानीमा थिए
lau maareeya satee jaan bhayan khusiko kura nirdosh maareeyan
ReplyDelete