सलमान खानका ३ बर्षमा आउने फिल्महरू

6:23 AM | 0 comments


salman43
मुम्बइ, बलिउडका दवंग खान अर्थात सलमान खानका फिल्महरूको चर्चा धेरै अघिदेखिनै हुने गर्दैनन । सलमान अचानक कुनै फिल्म साइन गर्दछन र त्यसको ६ महिनापछि फिल्म तपाइँको अगाडी देखिन्छ । उनका फिल्म धेरै अघि घोषणा पनि गरिँदैन । तर अहिलेको माहोलमा सलमानसंग केही घोषित फिल्महरू छन । यी मध्ये केहीका त रिलिज मिति समेत घोषणा भैसकेको छ । एउटा फिल्म त उनको प्रिय समय ईदमा रिलिज हुँदैछ । आगामी समयमा सलमान खान आफ्नो भिन्न इमेजमा पनि देखिँदैनन । उनी बक्सर बन्नुका साथै एक निर्दोस प्रेमीका रूपमा पनि देखिनेछन । उनका केही फिल्मबारे चर्चा गरौं ।

अर्को बर्षको ईद सलमानले अहिले नै बुक गरिसकेका छन । २०१५ को ईदमा कबीर खान निर्देशित फिल्म बजरंगी भाईजान रिलीज हुनेछ । यो फिल्म एक एक्श न फिल्म हुनेछ । यस फिल्ममा सलमान खान एक था टागइर जस्तै एक्श न गर्दै देखिनेछन । यस फिल्ममा उनका साथमा करीना कपूर खान हुनेछिन । सलमान खान र करीना कपूर फिल्म ‘क्योंकि’, ‘मैं और मिसेज खन्ना’ र ‘बडीगार्ड’ मा एक साथ काम गरिसकेका छन । प्रेम रतन धन पायो सलमान को एक अर्को आउन लागेको चर्चित फिल्म हो । यस फिल्ममा सलमानले लामो समयपछि सूरज बड़ाताज्या को फिल्म मा देखिनेछन । यस फिल्ममा उनको डबल रोल भएको बताइएको छ । यस फिल्मको रिलिज डेट भने घोषणा हुन बाँकी छ ।

करन जौहर को महात्वाकांक्षी र बिग बजेट फिल्म शु‌द्घि २०१६ मा रिलिज हुन सक्नेछ । करन जौहर को यस फिल्ममा पहिले ऋतिक रोशन मुख्य भूमिकामा थिए । अभिनेत्रीका लागी करीना कपूर फाइनल भएकी थिइन । करिनाका साथमा काम नगर्ने बताएर ऋ‌तिक रोशनले यो फिल्म छोडेका थिए । ऋतिक हटेपछि सलमान खानले यस फिल्ममा हिरोको भुमिका गरेका छन । बताइए अनुसार यस फिल्म को पटकथामा सलमान अनुरूप केही परिवर्तन समेत गरिएको छ । अनीस बज्मी निर्देशित फिल्म नो एंट्री त तपाइँलाइ याद नै होला बोनी कपूर को निर्माणमा बनेको यो फिल्म सुपरहिट भयो । अब यस फिल्मको सीक्वेल पनि छिटै आउँदैछ । फिल्मको नाम हो नो एन्ट्री में एन्ट्री । यस फिल्ममा पनि सलमान खानको प्रमुख भूमिका रहेको छ ।

त्यस्तै सलमान खानका केही सम्भावित फिल्महरूको चर्चा त अहिले देखिनै शुरू भैसकेको छ । किक फिल्म को सफलता पछि साजिद नाडियावाला सलमानलाइ लिएर किक को सीक्वेल फिल्म बनाउन सक्नेछन । उता, सोहेल खान सलमानलाइ लिएर हीरो नाम को फिल्म बनाउने कुरा पनि चर्चामा छ । यशराज ब्यानरको फिल्म सुल्तान पनि आगामी बर्ष रिलिज हुने अनुमान गरिएको छ ।

उता, महेश मांजरेकर को एक फिल्म मा पनि सलमान देखिने भएका छन । यसको नाम भने अहिले तय भैनसकेको बताइन्छ । दबंग को सीक्वेल को पनि चर्चा चलिरहेको छ । यो पनि सम्भव छ कि आगामी १।२ बर्षमा दबंग 3 पनि तपाइँले देख्न पाउनु हुनेछ ।


Category: , ,

0 comments