अदभुत मित्रता, एकअर्काको हात समातेरै धर्ती टेके जुम्ल्याहा दिदीबहिनीले

4:56 AM | 0 comments

जुम्ल्याहाको मित्रताका बारेमा हामीले धेरै कुरा गरिसकेका छौं । आनीबानी मिल्नेमात्र हैन, आफ्नै प्रेमीसमेत सेयर गरेका घटनाहरु अब नौला रहेनन् । तर, एक जोडी जुम्ल्याहा हालै आमाको पेटमा दरिलो मित्रता गरेर धर्तीमा टेके । अमेरिकाको ओहायोमा गत शुक्रबार जम्ल्याह दिदीबहिनीको जन्म भएको छ । जन्मपछि डाक्टरहरुले उठाउँदा उनीहरुले एक अर्काको हात समाएका थिए । 

हाल भेन्टिलेटरमा राखिएका यी दिदीबहिनीकी आमाले बताए अनुसार उनीहरुले कुनै उपकरणको सहयोग विना प्राकृतिक रुपमा सास लिइरहेका छन् । उनीहरुको नाम जिलिएन र जेना राखिएको छ । दुबै बच्चाकी आमा सारा थिसल्थव्याट भन्छिन-’दुबै जन्मदेखि नै खास साथी हुन् ।’ उनीहरुको जन्म निकै दुर्लभ अवस्थामा भएको थियो । यस्तो अबस्थालाई मेडिकल भाषामा ‘मोनोएन्नियोटिक बर्थ’ भनिन्छ । जुन, १० हजारमा गर्भावस्थामा एकमा मात्र हुन्छ । एक पटक तलको बिज्ञापन बक्स मा क्लिक गरि हेर्नुहोस भिडियो

Category: , ,

0 comments