अहिले सम्म सेक्सको अनुभुति नै गरेकी छैन : नायिका नन्दिता केसी

11:14 PM | 0 comments



अर्घाखाँचीमा जन्मिएर पाल्पा र बुटवलबाट उच्च शिक्षा हासिल गरेकी नन्दिता केसीले ‘इन्दे्रणी’ चलचित्रबाट आफ्नो सिने क्षेत्रको पाईला चालेकी हुन् । नर्स बन्ने इच्छा भएता पनि सिने क्षेत्रमा लागेको बताउने नन्दिता पछिल्लो समयमा सिने नगरीमा त्यति देखा परेकी छैनन् । साधारण विचारधारा बोकेको बताउने नन्दिता पछिल्लो समय चलचित्र बाबरीमा व्यस्त छिन् । नायिका नन्दिता केसीसँगको कुराकानी :


तपाईंको कस्मेटिक सामग्रीमा महिनाको कतिसम्म खर्च हुन्छ ? त्यही ४–५ हजार हुन्छ होला । मासिक खर्च कतिसम्म गर्नु हुन्छ ? त्यसको हिसाब किताब नै गर्ने गरेको छैन । मासिक आम्दानी चैं ? हैन नभनौं होला । तपाईले चलचित्र या म्युजिक भिडियो खेलेवापत कतिसम्म लिनुभएको छ ? यसबारेमा पनि केही नभनै क्यारे । सवारी साधनमा के चढ्नुहुन्छ स्कुटी । फिल्मी क्षेत्रमा काम गर्नुभएको यतिका बर्ष भैसक्यो सहकर्मीले गाडी चढिसके, गाडी चढ्ने कहिले त ? फिल्म क्षेत्रमा लाग्ने भन्ने बितिकै गाडी नै चढ्नु पर्छ भन्ने छैन । फिल्म र मोडलिङ क्षेत्रमा निर्माताले नायिका वा मोडलसँग के अपेक्षा गरेको हुन्छ ? तपाईंले कुरा घुमाउनु भयो, त्यस्तो केही पनि चाहेका हुँदैनन्, राम्रो अभिनयको खोजी गरेका हुन्छन् । मबाट पनि यहि नै अपेक्षा गरेका थिए र छन् । यो क्षेत्रमा सेक्सका कुराहरु बढिमात्रामा हुन्छन् भनिन्छ, त्यो कतिको साँचो हो ? अहिले त्यस्ता खालका क्रियाकलापहरु बढि मात्रामा हुने गरेको पाइन्छ, तर त्यो आफुमा भर पर्ने कुरा हो । सेक्सलाई कसरी परिभाषित गर्नुहुन्छ ? त्योे प्राकृतिक देन हो । कुन उमेरमा यसको अनुभूति गर्नु भयो ? मैले सेक्सको अनुभुति नै गरेकी छैन ।

Category: , , ,

0 comments