मध्यराति सुटुक्क किन नेपाल आयो त्यो जहाज ?

10:40 PM | 0 comments

काठमाडौं,साउन२१–सत्र वर्षपछि छिमेकबाट पाहुना आए र नेपालीको मन जितेर फर्किए । अहिले सबैतिर यसैको चर्चा छ तर उनले आइतबार काठमाडौं टेकेकै मध्यराति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको भारतीय वायुसेनाको ठ्याक्कै दुरुस्तै विमान कुन प्रयोजनका निम्ती आयो र त्यसको पनि कही समयअगाडि सिन्धुपाल्चोकको प्राकृतिक विपत्तिमा नेपाललाई साथ दिन उतैबाट आएको एक अर्को विज्ञ टोलीको प्रबेशप्रति नेपाली सेनाले किन घोर आपत्ति प्रकट गर्यो भन्नेबारे चाहिँ धेरैलाई थाहा नहुन सक्छ ।
के प्रधानमन्त्री नरेन्द्र मोदी चढेको बोइङ७३७(इन्डिया फोक्स्टर चार्ली ०५४) मा कुनै प्राविधिक खरावि देखिएको हो ? उस्तै रङ रुपको ट्विन (जुम्ल्याहा) जहाज रातारात झिकाइनुको मतलब सोमबार पाहुनालाई त्यसैमा फर्काउने योजना त थिएन ? सिन्धुपाल्चोकमा पहिरो झरेर सुनकोसी थुनिँदा त्यसले विकार बाढीको रुप लिएर चतरा हुँदै विहारसम्मै भ्याउने खतरा देखा परेपछि नेपाल सरकारले राष्ट्रिय विपद घोषणा गरी छिमेकी राष्ट्रहरुसँग मद्दत मागेको थियो । सोही अनुरुप सि १३० जहाजमा ५ जना विपद् व्यवस्थापकहरु दक्षिणबाट नेपाल आए भने प्रधानमन्त्री चढ्ने खालको अर्को जहाजमा १२ जना मध्यराति नेपाल ओर्लिए । त्यसमा आएकाहरुले दुई घन्टा लगाएर प्रधानमन्त्री चढेको जहाज मर्मत गराए ।
अस्ती साँझ मोदीले नेपाल छाड्नु २५ मीनेटअगाडि मात्रै उक्त जहाज दिल्लीतर्फ उड्यो । विपद् व्यवस्थापकहरु भने हिँजो बुलेटप्रुप २ वटा कार र फ्रिक्वेन्सी जामर जीपसँगै रुसनिर्मित इलुसिन जहाजबाट स्वदेश फिर्ता भए । गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन समितिले प्राकृतिक प्रकोपको भयावहतालाई ध्यानमा राख्दै भारत र चीनसँग सहयोग मागेको पृष्ठभुमिमा राजनीतिक तहको सहमतिअनुरुप दक्षिणबाट टोली आउन लागेको सूचना प्राप्त हुनासाथ सेनापति गौरव समशेरले आपत्ति जनाएका हुन् । यसक्रममा मौसम खराब भएको कारण देखाउँदै भारतीय विज्ञ टोली चढेको जहाजलाई काठमाडौंमा अबतरण गर्न नदिनेसम्मको छलफल चलेको थियो । जस्तोसुकै दैबी प्रकोपमा उद्धार गर्न आफु सक्षम रहेको बताउँदै कुलोजत्रो खोलो थुनिँदैमा आफुसँग भएको क्षमतालाई कम आँकेर विदेशी गुहारको र राष्ट्रिय विपत्ति घोषणा गर्दा नसोधिएको भन्दै सेनाले सरकारसमक्ष आपत्ति जनाएको छ,आजको जनआस्था साप्ताहिकमा खबर छ ।

Category:

0 comments