प्रधानमन्त्रीका पूर्व पीए ढकालले भने-रहस्य खोल्नु पर्‍यो भने कांग्रेसमा ठूलै भूकम्प जान्छ

10:22 PM | 0 comments

Laxman-Dhakal1
२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं लामो समयदेखि सुशील कोइरालाको सहयोगी रहँदै आएका लक्ष्मण ढकालले आफू अझै धैर्य गर्ने बताउादै सबै रहस्य खोल्नुपर्‍यो भने कांग्रेसमा ठूलै भूकम्प जाने बताएका छन् । ढकालले भने-’म अहिले राजनीतिक कुरा मात्रै गर्दै छु । सुशील कोइरालाजी आफ्ना अनुचरहरुमार्फत मेरो बदनाम गराउने प्रयास गर्दैछन्, यस्तै गरिरहे भने मैले मेरो मुख खोल्नै पर्ने हुन्छ ।’
बुधबार प्रकाशित घटना र विचार साप्ताहिसागको कुराकानीमा ढकालले सुशील कोइरालाको सूचनाको ठूलो स्रोत आफू भएको दाबी गरे । सूचना बेचेको आरोप छ नि ? भन्ने प्रश्नमा ढकालले भने-’पहिलो कुरा त मैले कहिल्यै कुनै प्रकारको गलत धन्दा गरेको छैन, गर्ने मान्छे पनि म होइन । दोस्रो कुरा सुशील कोइरालासाग के सूचना हुन्छ र कसैले बिक्री गर्नु ! बरु सुशील कोइरालाको सबभन्दा ठूलो स्रोत मै थिए ।’ ‘अब आइन्दा कोइरालाहरुले कसैलाई पनि उपयोग गर्ने र फाल्ने अवस्था नबनोस् भन्ने मेरो चाहना छ,।’
गतसाता सम्म प्रधानमन्त्रीको सहयोगी रहेका ढकालले नेताहरुलाई किर्ते गरेर जेल हालिने गरेको बताए । उनले भने-’विगतमा कांग्रेसका कतिपय नेताहरु कोइरालाकै निर्देशनमा गोप्य रुपमा किर्ते कागज तयार गरी जेल हालिएको र भ्रष्टाचारको मुद्दा लगाएर राजनीतिक जीवन समाप्त गर्ने काम गरेको मलाई थाहा छ । आवश्यक परेका बेला सप्रमाण सबै कुराहरु सार्वजनिक गर्नसक्छु ।’
- See more at: http://www.onlinekhabar.com/2014/08/178768/#sthash.u5r4BBbz.X4bR6qyr.dpuf

Category: ,

0 comments