होटल मालिक, होटलमा यौन क्रियाकलापमा संलग्न दुई जोडि आपत्ती जनक अवस्थामा रंगेहात पक्राउ

11:03 AM | 0 comments



होटलमा यौन क्रियाकलापमा संलग्न दुई जोडि रंगेहात पक्राउ परेका छन् । आपत्ती जनक अवस्थामा दुई युवती र दुई युवा सहित होटल मालिक र मान्छेलाई समेत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ । उनिहरुलाई लहान नगरपालिका–३ हस्पिटल चोकस्थित न्यु दीप होटलबाट पक्राउ गरिएको हो ।


बिहान ४ बजे होटलमा छापा मारेर यौनधन्दामा संलग्न सप्तरी खरचुइया गाविस र र जनकपुर–९ की दुई युवती सहित सप्तरी मधेपुरा का १९ वर्षीय दीपेन्द्र राम र सोही ठाउँका २३ वर्षीय मो. समदत हुँसैनलाई पक्राउ गरिएको हो । होटललाई यौनधन्दामा लगाएको भन्दै प्रहरीले होटल मालिक शिवराम साह र होटलमा खाना पकाउने काम गर्दै आएका धनिराम साहलाई पनि पक्राउ गरेको छ ।

Category: ,

0 comments