मीरा चौधरीको पनि भनाभन भएको थियो चरीसँग’
काठमाडौं, २३ साउन । कुख्यात गुण्डानाइके दिनेश अधिकारी ‘चरी’लाई गोली हानेर मार्ने ‘अप्रेशन’की लिडर प्रहरी नायव उपरीक्षक (डीएसपी) मीरा चौधरीको पनि चरीसँग केही समय पहिले ठाकठुक परेको दावी गरिएको छ ।
प्रहरीकै एक उच्च अधिकारीले दिएको जानकारीअनुसार डीएसपी चौधरी वालाजुवृत्तमा कार्यरत छँदा दुई वर्षअघि चरी र उनका बीचमा भनाभन भएको थियो । चरीनिकट व्यक्तिहरूले पनि उनीहरूबीच व्यक्तिगत वैमश्यता भएको बताएका छन् ।
भीमढुंगामा चरीको शव प्राप्त भएको दिन २१ साउन विहान डीएसपी चौधरीको टोलीले चरीलाई नयाँबजारमा देखेपछि उनलाई पछ्याएको थियो । ती प्रहरी अधिकारीका अनुसार प्रहरीले पछ्याइरहेका बेला चरी गोंगबुस्थित एक आफन्तकहाँ गएका थिए । आफन्तलाई उनले ‘म आज आत्मसमर्पण गर्न धादिङ जाँदैछु’ भनेको सूचना पछ्याइरहेका प्रहरीले प्राप्त गरेका ती अधिकारीको भनाई छ ।
0 comments