गुन्डागर्दीको जालो भत्काएर उपत्यकालाई गुन्डागर्दी मुक्त बनाउने प्रहरीको अभियान
दिनेश अधिकारी चरीको इन्काउन्टरपछि प्रहरीले अन्य गुन्डागर्दीका नाइकेको निगरानी थालेको छ । विभिन्न मुद्दामा सजाय काटेर बसेपनि उनीहरुले व्यापारीलाई धम्क्याएर पैसा उठाइरहेको सुचना पाएपछि सबैलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
हाल गुन्डागर्दीमा दुई नाइके थुनामा छन् भने करिव आधा दर्जन विभिन्न मुद्दामा फरार छन् । पछिल्लो समय गुन्डागर्दीको अप्रसन गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताए । उनले गुन्डागर्दीको जालो भत्काएर उपत्यकालाई गुन्डागर्दी मुक्त बनाउने पनि बताए ।
स्रोतका अनुसार गृह मन्त्रालयले पनि गुन्डागर्दी अप्रेसनलाइ सहयोग गरेपछि प्रहरी उत्साहित भएर यो अभियानमा लागेको हो । प्रहरी स्रोतका अनुसार पछिल्लो समय गुन्डागर्दीमा संलग्न दावा लामा, पंचे लामा, टासी लामा, दुर्गे राई र समिर केसीलगायतका फरार छन् ।
नाम चलेका अन्य डनले गोप्य रुपमा व्यवसायीसँग पैसा लिने गरेको सूचना प्रहरीले पाएको छ । राजधानीमा नाम चलेका गुन्डाका नाइकेहरु दीपक मनाङगे, गणेश लामा, मिलन चक्रे, राजु गोर्खाली, कुरमार घैटे, तेजेन्द्र गुरुङ, मीनकृष्ण महर्जन, बाघे लामा, माइला लामा, बलराम सापकोटा, अभिमानसिंह बस्नेतविरुद्ध प्रहरीमा जाहेरी नभएकाले पक्राउ गरिएको छैन् । चरीको इन्काउन्टरपछि उनीहरु सबै डराएका छन् ।
0 comments