जितबहादुरको घरमा सुरक्षा व्यवस्था

1:32 PM | 0 comments

साउन २० ,नवलपरासी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छाअनुसार केही दिनका लागि कावासोतीस्थित घर आएका उनका परिवारका सदस्य जितबहादुर सारु मगरलाई प्रहरीले कडा सुरक्षा दिएको छ ।

मोदीसँगै आइतबार काठमाडौं आएर हायात होटलमा पारिवारिक मिलन गरेपछि मोदीले उनलाई अव नेपालमा बस्छौ की म सँगै जान्छौं भनेर सोधेका थिए । जवाफमा जितबहादुरले हजुरसँगै जान्छु भने ।

मोदीले त्यसपछि केहि दिन बसेर दिल्ली आउनु भनेकाले आफू घर आएको बताए । उनी आइतबारराति कावासोती नगरपालिका १ स्थित घरमा आएका हुन् । उनले सोमबार बिहानैदेखि घरमा सर्वसाधारणको भिड लागेको सुनाए ।

उनको घरमा केही सञ्चारकर्मी, सुरक्षा निकायका अधिकारी, नगरपालिका पदाधिकारी र विभिन्न क्षेत्रका व्यक्ति आएका थिए । सुकुम्बासी बस्तीमा रहेको उनको सानो घरमा भीड लागेपछि सानो टेन्ट टाँगिएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Category: ,

0 comments