टेभिजनका हाकिमले गायिका ज्योतिको स्तनमा आँखा लगाएपछि समस्या

12:32 PM | 0 comments

 काठमाडौं,९ भदौ । नेपाल टेलिभिजनका कर्मचारीहरुले लोक गायिका ज्योति मगरको स्तनमा आँखा लगाएपछि समस्या उत्पन्न भएको छ । सेन्सर शाखाका टेलिभिजन कर्मचारीहरुको आँखा अचानक ज्योतिको स्तनमा गएपछि दैनिक विहानी प्रस्तुति कार्यक्रम टि टाइम पनि प्रभावित भएको थियो ।

 हरेक दिन लोक संगीत क्षेत्रका एक जना संगीतकर्मीलाई बोलाएर कुराकानी गर्दै आएको टि टाइम कार्यक्रममा पाहुनाका रुपमा निम्त्याइएकी गायिका ज्योतिले लगाएको लुगाले उनको स्तनलाई छोप्न नसकेपछि उक्त कार्यक्रमको प्रसारणमै रोक लगाइएको हो ।

 कार्यक्रमका निर्माता इन्द्र जिशिका अनुसार गायिका ज्योतिले लगाएको लुगा पारदर्शी भएको र त्यसबाट उनको भित्री अंग समेत प्रष्ट देखिने भएकोले अश्लीललताको पराकाष्ठ नाघेको ठहर गर्दै टेलिभिजनले कार्यक्रम प्रसारणमै रोक लगाएको पुष्टि गर्नुभयो । कार्यक्रमकी सञ्चालिका शोभा त्रिपाठीले पनि गायिका ज्योतिले त्यस दिन लगाएको कपडा अलि बढी नै पारदर्शी भएको स्पष्ट पार्नुभएको छ ।

 यता गायिका ज्योतिले भने आफूले त्यस्तो ओभर लाग्ने कपडा नलगाएको स्पष्ट पारेकी छिन् । आफ्नो फेशबुक मार्फत उनले आफूले लगाएको कपडाकै कारण कार्यक्रम प्रसारणमा रोक लगाइएको भन्ने खबरबाट आफू दुखित भएको उल्लेख गरेकी छिन् ।

 गायिका र मोडल ज्योति नेपाली लोक संगीतको क्षेत्रमा सबैभन्दा बढी एक्सपोज गर्ने गायिकाका रुपमा परिचित छिन् ।

Category: , , , ,

0 comments