मोदीको भाषणले पाकिस्तान हल्लियो
इस्लामाबाद, २८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानले विवादास्पद कश्मीरमा छद्मयुद्ध सञ्चालन गरिरहेको भनी लगाएको आरोपलाई इस्लामाबादले आधारहीन आरोप भनी अस्वीकार गरेको छ ।
भारतीय हिन्दु राष्ट्रवादी नेता प्रधानमन्त्री मोदीले कार्गिलको भ्रमण गर्नुपूर्व मंगलबार उक्त टिप्पणी गरेका थिए । यस क्षेत्रमा सन् १९९९ मा यी दुई पारमाणविक हतियारसम्म छिमेकीबीच घातक संघर्ष भएको थियो ।
इस्लामाबादले पाकिस्तानमा रहेका लस्कर–ए–तोइबाजस्ता लडाकू समूहलाई भारतीय क्षेत्रमा सेनाविरुद्ध उपयोग गरिरहेको आरोप लगाउने गरेको छ र यसलाई पाकिस्तानले अस्वीकार गर्ने गरेको छ । पाकिस्तानी विदेश मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशन गरी मोदीले पाकिस्तानविरुद्ध आधारहीन मौखिक आरोप दोहो–याएको दाबी गरेको छ । यसका साथै दिल्लीलाई बढी रचनात्मक उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा भारतको माथिल्लो तहबाट लागेको आरोपको समाचार दुर्भाग्यपूर्ण भएको बताइएको छ । यसका साथै पाकिस्तानले राम्रो छिमेकी सम्बन्ध कायम गर्न चाहेको पनि उल्लेख गरेको छ । एएफपी
0 comments