भारतीय महिलाहरुलाई सेक्स अधिकार चाहियो भने पछि....

7:11 AM | 0 comments




काठमाण्डौ, ८ भदौ । भारतमा महिलाहरुले सेक्स अधिकारका लागि चर्को आवाज उठाएका छन् । विवाह पछि सेक्स एउटा ड्युटीमात्र नभइ एक अधिकार भएको आवाज उठेको छ ।


 सेक्सका बारेमा पछिल्लो समय खुलेर बोल्न चाहानेहरुको संख्यामा भारी वृद्धि भएपछि सेक्स अधिकारको नाराले उत्कर्ष लिन थालेको बताइएको छ । सेक्स दैनिक जीवनका लागि अत्यावश्यक भएको र यौन सन्तुष्टि पाउनुपर्ने उनीहरुको माग रहेको छ ।




मुम्बईमा सेक्सोलोजीमा आयोजित नेशनल कन्फ्रेन्सले दिएको जानकारी अनुसार महिलाहरु अब सचेत भएको र आफु र पतिमा रहेका सेक्स सम्बन्धि समस्यालाई लिएर महिलाहरु डाक्टरहरुसँग छलफल गर्ने गरेका छन् ।

 गाइनोलोजिष्ट डा. इशिता भनेकी छिन्,‘ पहिला महिलाहरु सेक्स विवाहपछिको ड्युटी मान्थे आजकल महिलाहरु सेक्सका बारेमा भिन्न विचार राख्ने गरेका छन् । उनीहरु अर्गाजमको माग गर्न थालेका छन् । अर्गाजम अधिकार भएको उनीहरु महसुस गरेका छन् ।’

हैदराबादमा रहेकी डाक्टर शर्मिला मजुमकरलाई २०० भन्दा बढी सेक्स सम्बन्धि पत्र आउने गरेको बताएकी छिन् । उनले प्रत्येक महिना महिलाहरुले सेक्स सम्बन्धि बताउने गरेको बताएकी छिन् ।


 उनले भनेकी छिन्,‘सेक्स अब बेडरुममा मात्र बाँकी रहेन विषय भएन ।’ हरेक महिना महिलाहरु सेक्स समस्याबारे खुलेर कुरा गर्ने गरेको र सेक्स समस्यामा कमी आउने नयाँ प्रयास यो भएको उनले बताएकी छिन् ।

Category: , , , ,

0 comments