दक्षिण कोरियामा बन्यो औंलामा लगाउने कण्डोम (फोटो फिचर)

12:52 PM | 0 comments











 एजेन्सी ।यौन संसर्गको समयमा लगाउने कण्डोमको विषयमा त सुनिएको थियो । तर दक्षिण कोरियाको एक कम्पनीले औंलामा लगाउने कण्डोम बनाएको छ । नआत्तिनुस् यो यौन संसर्गका लागि लगाउने कण्डोम होइन । यो त खाना खाँदा हातमा लाग्ने च्याप च्याप वा फोहोरबाट जोगिन लगाउने कण्डोम हो ।कुनै खानेकुरा खाँदा त्यसको चिल्लो वा चिप्लो पदार्थ औंलामा लागेर दिक्क हुनु हुन्छ भने अव तपाइँलाई मुक्ति मिल्ने भएको छ ।




खानेकुराहरु खाँदा औंलामा लाग्ने च्याप च्याप रोक्नका लागि दक्षिण कोरियाका एक ब्यक्तिले यो कण्डोमको आविस्कार गरेका हुन् ।कामकाजी भएपनि कार्यक्षेत्रमै खान मन पराउनेहरुका लागि यो विशेष उपयोगी हुन सक्छ । काम गर्दै खाने वा ब्यस्त समयमा खानेहरुका लागि यो कण्डोम काम आउँछ ।यसले खाना खाँदा हातमा लाग्ने फोहोरबाट जोगाउँछ ।

Category: , , ,

0 comments