लोक गायिका ज्योती मगरले स्तन देखाएपछि अन्तरवार्ता रोकियो
चलचित्रका नायिकाहरु मात्र हैन अब गायिकाहरु पनि आफुलाई हट देखाउन पछि परेका छैनन । सन्दर्भ हो एनटिभी प्लसमा हरेक दिन विहान प्रसारण हुने कार्यक्रम ‘टि टाइम’ को । कार्यक्रमका लागी सञ्चालकले गायिका ज्योति मगरलाई अन्तरर्वाताको लागी निम्तो दिएका थिए । निम्तोलाई स्विर्कादै ज्योति मगर पनि आइन तर यस्तो कपडा लगाएर आइन जुन कपडा बलिउड फिल्मका नायिकाले बक्षस्थल देखिने गरि लगाउछन् ।
विभिन्न विधाका कलाकारसँगको रमाइलो अन्तर्वाता प्रसारण गर्दै आएको कार्यक्रममा ज्योतिको पोशाक उत्ताउलो भन्दै अन्तरवार्ता रोकेको टेलिभिजनले जनाएको छ । टेलिभिजनले यो पनि भन्यो कि ‘ज्योतिको स्तन प्रस्टै देखिएको थियो ।’ यसको जिज्ञासकालागी कार्यक्रम टि टाइमका निर्देशक इन्द्र जिसिसगँ सम्पर्क गर्दा उनले भने ‘भड्किलो पहिरनका कारण अन्तरर्वाता रोकिएको जानकारी मैले पाएको छु ।’ रोल्पामा जन्मिएकी ज्योती मगर पछिल्लो समय लोकदोहोरी संगीतकी लोकप्रिय अनुहार हुन् ।
Category: FEATURE, hot model, life style, news
0 comments