नरगिसका लागी एक करोड !
मुम्बइ, बलिउड अभिनेत्री नरगिसको भाउ आजकल निकै बढेको छ । हालै मात्र उनले साउथको एक प्रसिद्ध ब्यानरको फिल्ममा आइटम नन्बर गर्न अस्विकार गरेकी छन । नरगिसले यस आइटम नम्बरका लागी प्रोड्यूसरसंग एक करोड रूपैयाँ माग गरिन । तर प्रोड्यूसरले उक्त पांच मिनेटको आइटम नम्बरका लागी ५० लाख दिने बताए । त्यसपछि उनले उक्त गीतमा नृत्य गर्न अस्विकार गरेकी थिइन । नरगिसका म्यानेजरले प्रड्यूसरलाइ किकमा आइटम नम्बरको निकै राम्रो सफलताका लागी सलमानको यस फिल्मको पछाडी नरगिसको यस आइटम नम्बरको पनि निकै योगदान रहेको बताइदिए ।
त्यसपछि भएको लामो बहस पछि प्रोड्यूसरले नरगिसलाइ साठी लाख रुपैयाँ भन्दा बढि दिन राजी भनएपछि नरगिसका म्यानेजरले उनीसंग डील फाइनल गर्नका लागी फोन गरे । नरगिस पनि के कम उनले एक करोड भन्दा कम्तीमा काम नगर्ने बताइन । त्यसपछि यो डिल क्यान्सिल भयो । पछिल्लो समय प्रोड्यूसरले बीस लाख रुपैयाँ कम राशीमा बलिउडकी एक बी क्लास हीरोइनका साथमा साइन गरेका छन । अब नरगिसलाइ यो कुरा कसले सम्झाओस कि सलमानको फिल्म त मात्र उनको नामले चल्दछ । यो त उनको भाग्य राम्रो भएर नै सलमानको फिल्ममा लटका झटका देखाउने चान्स मिलेको हो नि । उनको यो एक करोड पारिश्रमिकको चर्चा अहिले बलिउडमा निकैनै चलिरहेको छ ।
Category: bollywood, FEATURE, hot model, life style, news
0 comments