'हामीबीच कन्डम नलगाई यौनसम्पर्क भयो, मिन्स डेट कट्यो

4:03 AM | 0 comments











हामीबीच कन्डम नलगाई यौनसम्पर्क भयो, मिन्स डेट कट्यो




 म प्रेमसम्बन्धमा गाँसिएको तीन वर्षजति भयो । हालसालै आएर हामीबीच कन्डम नलगाई यौनसम्पर्क भयो। यौनसम्पर्कपछि मैले चक्की खाएँ, तर मेरो मिन्सको डेट कटेको तीन दिन भयो ।




 कतै त्यो औषधीको कुनै प्रभाव नपरेको त होइन ? कतै त्यसले पछि नेगेटिभ प्रभाव पार्ने त होइनन् । यो त लास्ट टाइमको कुरा हो । यसभन्दा पहिले पनि तीन पटक यौनसम्पर्क भएको थियो, तर एकपटक उसले कन्डम प्रयोग गरेको थियो भने दुई पटकसम्म मैले पिल्स औषधी लिएकी थिएँ ।




 मिन्स डेट कटेको त थियो, तर लास्ट टाइम पिल्स लिएको १५ मिनेटभित्रै यौनसम्पर्क भयो । उसको वीर्य भित्रै खसेको थियो। कतै त्यो औषधीले कुनै प्रभाव नगर्ने त होइन ? अहिलेलाई काम गरे पनि भविष्यमा बाँझोपन हुने त होइन ?भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस

Category: , , , ,

0 comments