फिल्मी शैलीमा टनेल खनेर भारतमा बैंक लुटियो

4:26 AM | 0 comments


भारतीय प्रहरीले टनेल खनेर बैंक लुट्न तीन जनालाई  हरियाणामा प्रकाउ गरेको छ। फिल्मी शैलीमा  १ सय २५ फिट लामो टनेल खनेर सो समूहले  गत शनिबार पञ्जाव नेशनल बैंकको हरियाणा शाखाबाट नगदसहित गरगहना लुटेको थियो।
 
प्रकाउ परेकोहरुको नाम सार्वजनिक नगरिएको बिबिसीले जनाएको छ।
 
उनीहरुले खनेको टनेल बैंक नजिकको एक खाली रहेको घरबाट सुरु भई बैंकको ढोकामा निस्किएको थियो। सिनेमाबाट प्रभावित भई लुटराहरुले यो हर्कत गरेको हुनसक्ने प्रहरी बताएको छ। टनेल खन्न ४० दिन लागेको प्रकाउ परेकाहरुले बताएका छन्।http://setopati.com/

Category: ,

0 comments